प्रदेश लोक सेवा आयोगको मस्यौदा तयार

प्रदेश लोक सेवा आयोग गठन गर्न प्रारम्विक मस्यौदा तयार पारीसकेर अव वस्ने संसद बैठकमा पेस गर्ने तयारी ।
हरि हुमाागईं
१७ श्रावण २०७६, शुक्रबार ०९:२८

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले प्रदेश लोक सेवा आयोग गठनका लागि प्रारम्विक मस्यौदा तयार पारिएको छ । मस्यौदामा केही छलफल गरेर अन्तिम रुप दिने काम भने भईरहेको छ । मस्यौदा तयार पारेपछी आयोग गठनको लागि केही बाटो समेत खुलेको छ । तयार पारिएको मस्यौदामा आन्तरिक मामिला तथा कानून मन्त्रालयले अन्तीम रुप दिदै मन्त्री परिषद् बैठकमा पेस गरेर संसदमा लैजाने तयारी गरिएको छ ।

कर्मचारीको सामायोजनपछी पनि प्रदेश ३ का स्थानीय तहमा अझै पनि कर्मचारीको अभावका कारण समस्या छ । त्यसैले पनि प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यावस्था गर्न वनेको बिधेयक बनाउन लागिएको हो । कर्मचारीको समस्या टार्नका लागि आयोगको गट्ठन गर्ने काम तिब्र रुपमा गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

‘प्रदेश लोकसेवा आयोग ऐन, २०७६’ को नाम दिएर जारी गर्ने तयारीमा प्रदेश सरकार लागिपरेको छ । यो ऐनको मस्यौदा बनाउने काम भईरहेको र निकट भविस्यमा ऐन तयार गरेर कार्यान्वयनमा ल्याइने प्रदेश ३ का मुख्यन्यायधिबक्ता ओमप्रसाद थपलियाले बताउनुभयो ।
प्रदेश लोक सेवा आयोगमा तीन जना पदाधिकारी रहने कानूनी व्यावस्था रहेको छ । एक जना अध्यक्ष, एक जना महिला सदस्य र अर्का एक जना सदस्य रहने व्यावस्था छ ।

प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोक सेवा आयोगक गठनका लागि सैदान्तिक स्वीकृति दिइसकेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले बताउनुभयो । अव वस्ने प्रदेश सभा बैठकमा पेस गर्नेगरी काम भईरहेको उहाँले बताउनुभयो । सकेसम्म भदौको पहिलो साताको संसद बैठकमा आयोगको कानून पेस गरेर काम गर्ने गरी तयारीमा रहेको उहाँले बताउनुभयो ।

मुख्य न्यायधिबक्क्तामा थपलिया नियुक्त भएर आउनेबित्तकैबाट प्रदेश लोक सेवा आयोगको गठनका लागि दु्रत गतिमा काम गरिरहनुभएको छ । बिधेयकको प्रस्तावानामा प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अन्य सरकारी सेवा र स्थानीय सरकारी सेवा तथा संगठित संस्थाको सेवाको पदमा काम गरेका व्यक्तिलाई आयोगमा रहन सक्ने व्यावस्था छ । त्यस्तै उक्त पदमा उम्मेदवारको छनौटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवद्र्धन गर्दै सार्वजनिक प्रशासनलाई समायानुकूल रुपान्तरित सक्षम, सुदृढ र सेवामुखी बनाउनका लागि प्रदेश लोक सेवा आयोगको गठन गर्ने प्रारम्विक प्रस्तावानामा उल्लेख छ ।

प्रदेशको संसदबाट प्रदेश लोक सेवा आयोगको गठन सम्वन्धी कानून पास भएपछी प्रदेश अन्तरगतका सरकारी निकायमा सरकारी कर्मचारी नियुक्त गर्ने बाटो पनि खुल्ने छ । प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्य छनौटमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको समितिले पदाधिकारीको छनौट गर्ने कानूनी व्यावस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*