‘तीज माइती मेला’ मा निश्चल र स्वस्तिमालाई सम्मान

जनपत्र
१७ श्रावण २०७६, शुक्रबार ०५:२९

राष्ट्रिय अवार्डमा फिल्म बुलबुलबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी भर्सटायल अभिनेत्री स्वस्तिमा खड्का र फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतलाई आदर्श जोडीको रुपमा सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने ‘तीज माइती मेला २०७६’ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै दुईलाई सम्मान गरिएको छ ।
श्रीमान-श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफल समेत बनेको जोडीलाई हरेक बर्ष तीज कार्यक्रमको आयोजना गर्दै सम्मानित गरिँदै आएको आयोजक संस्था ललित ब्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरकी अध्यक्ष  मिना कुमारी रिमालले बताइन् । सात बर्षदेखी हरितालिका तीजको अवसरमा लगातार हुँदै आएको उक्त कार्यक्रम यस बर्षदेखी सबैको लागि मनोरञ्जन र उत्सव भन्ने उद्देश्यसहित खुल्ला रुपमा मेलासहित निःशुल्क प्रवेशसहित सुरु भएको उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*