कुटपिट गर्दै कान टोकेर छिनाउँदा पनि जाहेरी दर्ता गराउनुको सट्टा मिलापत्र गराउछ मकवानपुर प्रहरी

जनपत्र
१४ चैत्र २०७९, मंगलवार १५:२९

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछील्ला केही महिनाहरुमा जाहेरी दर्ता गराउनुको सट्टा मिलापत्र गराउँदै आएको छ । सोर्स, फोर्स र भनसुनका आधारमा अपराधका घटनामा पनि मकवानपुर प्रहरीले जाहेरी  लिएर कानून बमोजिम कार्बाही गर्नुको सट्टा लिखित रुपमा मिलापत्र गराउने गरेको हो । बिशेषगरी कुटपिटका घटनामा प्रहरीले ज्यानमार्ने उद्योगमा जाहेरी दर्ता गराउनुको सट्टा लिखीत रुपमा मिलापत्र दवाब वा त्रास देखाएर पिडित पक्षलाई थप पिडा दिनेगरी मिलापत्र गराउनेगरेको हो ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एक जनामाथि निर्घात कुटपिट गर्दै कानै टोकेर छिानाल्दा समेत मकवानपुर प्रहरीले जाहेरी लिन नमानेको र पिडकलाइ पनि कार्बाही हुन्छ भन्दै मिलापत्र गराएको हो । जाहेरी लिएर कानून अनुसार कार्बाही गर्नुको सट्टामा लिखीत रुपमानै मिलापत्र गराइएको हो ।

सोमबार बिहान ११ बजे आफ्नै बारेमा मकै छर्न पुगेका ४९ वर्षीय टेकप्रसाद न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेका हुन् । न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा काननै छिनाएको न्यौपानेकी श्रीमती संगीता लोहनी न्यौपानेले जानकारी दिनुभयो । संगीताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोजेपनि प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक तथा प्रबक्ता टेकबहादुर कार्कीले आफुकहाँ जाहेरी लिएर नआएको दावि गर्नुभयो । काट टोकेर छिनाइएका व्यक्तिले पनि कुटपिट गरेको र दुवै पक्षले जिल्ला प्रहरी कार्यालयमा लिखीत रुपमा मिलापत्र गरेर गएको उहाँले वताउनुभयो । गम्भिर खालका विषयमा पनि प्रहरीले मिलापत्र गराउने यो पहिलो घटना होइन । बिभीन्न समयमा मकवानपुर प्रहरीले कुटपिटका घटनामा पिडितलाई थप पिडा दिनेगरी दवाबमा मिलापत्र गराउने गरेको छ । न्यौपाने र अरु दुइजनाका विषयमा ऐलानी जग्गाको विषयमा झगडा भएको र कुटपिट गरेर कान समेत छिनाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*