भीमफेदीका क्यान्सर पीडित मिजारद्वारा सहयोगको आग्रह

जनपत्र
१६ श्रावण २०७६, बिहीबार १५:१६

हेटौँडा । भीमफेदी गाउँपालिकाका एक क्यान्सर पीडितले सहयोगका लागि आग्रह गरेका छन् । भीमफेदी गाउँपालिका वडा नम्बर २ का १८ बर्षीय राजु मिजारले सहयोगका लागि आग्रह गरेका हुन् ।

ब्लड क्यान्सरबाट पीडित भई विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत उनले आर्थिक अभाव भएको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गरेका छन् । आर्थिक अवस्था कमजोर रहेको उनको अहिलेसम्म ऋणधन गरी उपचार गरेको र अहिले आर्थिक अभाव भएको छ ।

ब्लड क्यान्सर प्रारम्भिक चरणमा रहेको र उपचारका लागि थप ११ लाख रुपैँया लाग्ने जनाईएको छ ।
उनले सहयोग गर्न चाहनेहरुले एनसीसी बैंक हेटौँडा शाखाको बचत खाता नम्बर ०६५०००००६६९०८ मा रकम जम्मा गरिदिनुहुन उनकी दिदी ठूलीमाया मिजारले सबैसंग आग्रह गरेकी छिन् । सहयोगका लागि दिदि ठूलीमायालाई ९८१५२५१८९३ मा सम्पर्क समेत गर्न सक्नुहुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*