हेटौंडामा ट्रक र मोटरसाईकल ठोकियो, दुईजनाको मृत्यु

जनपत्र
१६ श्रावण २०७६, बिहीबार ०८:४३

हेटौंडा । हेटौंडा ३ बसामाडी लेवटमा गएराती ट्रक र मोटरसाईकल एक आपसमा ठोक्कीदा दुईजनाको ज्यान गएको छ । गएराती भएको दुर्घटनामा परि घाइते भएका दुबै जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

हेटौँडाबाट बसामाडी तर्फ जाँदै गरेको ना ३८ प ५३३२ नम्बरको मोटरसाइकल र चितवन बाट हेटौँडा तर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रक पूर्वपश्चिम राजमार्ग अन्तरगत लेवटमा एक आपसमा ठोक्कीएको थियो । मोटरसाईक र ट्रक एक आपसमा ठोक्कीदा मोटरसाईकलमा सबार हेटौंडा ३ बसामाडी बस्ने २० बर्षिय सौरभ सुबेदी र सोही स्थानका १६ बर्षिय अस्मित सुनारको मृत्यु भएको एसपी सिंहले बताउनुभयो । सुनारको चितवन स्थित पुराने मेडीकल कलेज तथा सुवेदीको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार गर्दैगर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*