गढी ५ ज्यामिरेको क्रङ्किट डयाम गुणस्तरहिन

जनपत्र
१५ श्रावण २०७६, बुधबार १०:००

हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ ज्यामिरेमा निर्माण गरिएको क्रङ्किट डयाम गुणस्तरहिन रुपमा निर्माण गरिएको पाइएको छ । ज्यामिरे खोलाबाट यहाँको वस्ती बचाउनका लागि निर्माण गरिएको ड्याम निर्माणको काम गुणस्तरहिन भएको स्थानीय प्रतक्षदर्सीहरुले आरोप लगाएका छन् ।

ज्यामिरे खोलामा निर्माण गरिएको ६५ मिटर लामो आरसीसी ड्याममा बालुवा निस्कने, वरपर चर्किएको पाइएको स्थानीय लक्ष्मण फूयालले बताउनुभयो । मकवानपुर गढी गाउँपालिकाले ठेक्का मार्फत निर्माण गरेको ड्याम भिजन कन्ट्रक्सन प्रालिले ५२ लाख रुपैयाँ लागतमा निर्माण गरेको हो । ड्याम निर्माण गर्दा बालुवा धेरै, गिट्टी धेरै तर, संझौतामा उल्लेख गरेको भन्दा सिमेन्ट अत्यन्त कम मात्र हालिएकाले गुणस्तरहिन भएको पाइएको फूयालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*