प्रहरीले मुख थुन्ने देशमा कसरी आयो लोकतन्त्र ?

साँच्चै हाम्रो देशमा गणतन्त्र आएको छैन गणतन्त्रको कंकाल मात्र आएको हो । यसलाई सार दिएर भर्न बाकिनै नै छ । अहिले कागजमा लोकतन्त्र, गणतन्त्र, संघियता सबै आएको छ तर व्यावहारमा देख्नु भयो प्रसाशन लगाएर मुख थुन्दैछन । लोकतन्त्र के हो ? फेरी सोध्नोस त के यस्तै हो ? हैन नितान्त लोकले अनुसरण गर्न पाउँनु पर्छ । जनताको भनाई सम्वोदन हुनुपर्छ । लोकले गरेका कुरा प्राथामिकीकरण गरेर निर्णय गरी कार्यन्वयन तहमा पुग्नुपर्छ अवस्थालाई भनिन्छ लोकतन्त्र ।
तर नेपालमा हामीले प्रणाली ल्यायौ । पद्वति ल्यायौं परिचालन गर्ने विधि र प्रकृया किन बाटैमा छाड्यौं र यती धेरै अलमलमा परेका छौं । यो दलगत राजनीति कस्तो न होला भनेर जनताले मरेर ल्याएका हैनन् । साशन व्यवस्था यही र यस्तै गर्न सत्ताका खेलाडीहरुलाई लोकतन्त्रको भ(याँङ चढेर, जनताको ढाडमा टेकेर उनिहरुको मुन्टो निमोठ्ने राजनीति गर्न यो संघिय लोकतान्त्री गणतन्त्र जनतालाई चाहिएको हो ? प्रश्न याहाँ छ ।
सत्ताको भरयाँङ को पहिला चढ्ने भन्दै हाम्रा नेताहरुको होडबाजी र दोहोरीले जनता वाक्क, व्याक्क, दिक्क भैसकेका छन । देशमा जुन् जुन व्यवस्था ल्याएपनि अवस्था परिवर्तन हुने छाँट नदेखे पछि अब कुन बाटो हिड्ने भनेर चौबाटोमा उभिएका बटुक जस्ता जनताको मनस्थितीलाई स्थिर बनाउँन सक्ने सरकरको कुनै योजनै छैन ।
देशमा समृद्वि र जनताकोआर्थिक उन्नती नारामा मात्र सिमीत राखेर जनतालाई झुक्याएको अब धेरै भयो ।
जनतालाई कती अशावादी बनाउने ? यो भएन त्यो हुन्छ कि ? यसले गरेन त्यसले गर्छ की भन्दै हेर र पर्खको राजनीति कहिले सम्म विकास र सम्भावनाको खोजिले तिर्खाई रहेका जनतालाई यती धेरै झुट र भ्रमको खेती गर्यौ अब यसको हिसाब किताब समयले गर्नेछ । यतिखेर तिनै तहको सरकार जनचाहना अनुरुप भन्दा पनि दलहरुका स्वार्थले आआफ्ना नेतालाई पदिय भागवण्डा लगाउने ढुकुटीको रुपमा स्थापित गरिएको छ । घरमुलीले आफ्नो हातमा ताला चावी लिए जस्तो सिमीत व्याक्तीका रहर र सपना पुरागर्न लहै लहैमा ल्याएको व्यवस्था हैन । अहिले द्वन्द्व पिडितहरुले दिन दिनै सशक्त आन्दोलन गरि रहेका छन सरकार कानमा तेल हालेर लुकेर बस्ने हैन ढोका खोल्न सक्नु पर्छ ।
तिमी जिउँदो सरकार हौ भने जनताका कुरा सुन्न सक्नुपर्छ मुख थुन्न हैन । पंचायतकालमा नभएको यो हर्गत यो बिजोग आ देशको मुटु राजधानीमा देखायौ । तिम्रा लोकतान्त्रीक साशन व्यावस्था यही हो खुलयाम प्रहरी प्रसाशन लगाएर जनताको मुख थुन्ने ? कति दिन थुनौला ? कति पटक थुनौला ? वाक र बोल्ने स्वतन्त्रताको अधिकार खोसेर के लोकतन्त्रको ढ्वाँङ फुकेर हिड्छौ ?
सत्ताधारी खबरदारी गर्न अब प्रतिपक्ष पनि बलियो हुनपर्छ, सचार माध्याम बलियो हुनुपर्छ । जस्ले सत्तारुढले गरेका क्रियाकलापको निरन्तर खबरदारी र आलोचना गर्छ, हरेक अधुरा र अपुग कुरालाई नियाल्छ । संचारमाध्यमले राम्रा नराम्रा सबै पक्षलाई जनसमक्ष पुर्याउछ त्यो हो लोकतन्त्र । जहाँ लोकले विश्वास गर्छन, जहाँ लोकको कल्याँण हुन्छ त्यो हो लोकतन्त्र । साँच्चै आभास दिलायौ सत्ताधारी हो अझै हाम्रो देशमा गणतन्त्र आएको छैन गणतन्त्रको कंकाल मात्र आएको हो नत्र तिमीले यो हर्कत कसरी देखाउँथ्यौ किन देखाउँथ्यौ ?