बन्दका कारण मकवानपुरको जनजिवन प्रभावित

विप्लपको बन्दका कारण मकवानपुरमा यातायात, शिक्षण संस्था, उद्योग, बजार क्षेत्र बन्द भएका छन् ।
जनपत्र
१५ श्रावण २०७६, बुधबार ०६:५२

हेटौंडा । बिप्लप नेतृत्वको नेकपा माओबादीको आवहानमा भएको नेपाल बन्दका कारण मकवानपुरको जनजिवन प्रभाबित भएको छ । बन्दका कारण मकवानपुरको हेटौंडाबाट चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरु चलेका छैनन् ।

पूर्ब पस्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिलोकपथ लगायतका सडकमा साना ठुला सवारीका साधन चलेका छैनन् । हेटौंडा बजार क्षेत्रमा मयुरी, अटो, मोटरसाईकल लगायतका सवारीका साधन भने चलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

बिप्लप नेतृत्वको नेकपा माओबादीको आवहानमा भएको नेपाल बन्दका कारण हेटौंडा बजार पुरै बन्द भएका छन् । कुनै पत्रिका पसल भन्दा बाहेक अरु सबैजसो पसलहरु बन्द भएका छन् । बन्दको प्रभाव गाउँक्षेत्रका पसलहरुमा पनि परेको छ । जिल्लाका दशवटै स्थानीय तहका सदरमुकाममा रहेका बजारहरु आंसिक रुपमा बन्द भएका छन् । हेटौंडा औद्योगिक क्षेत्रका अधिकांश उद्योग बन्द भएका छन् । हेटौंडाका बिहानी कक्षामा चल्ने क्याम्पस समेत बन्द भएका छन् । मकवानपुरका ग्रामिण सडकमा चल्ने सवारीका साधन समेत नचलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गएिको विप्लव मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा भनिएको छ । विप्लव नेनृत्वको नेकपाले यस अघि पनि विभिन्न माग राखेर नेपाल बन्द गर्दै आएको छ । केहि दिन अघि काठमाण्डौँमा आफ्ना नेता माईला लामाको पक्राउ विरुद्ध उनीहरुले कडा आन्दोलन गर्ने बताईएको अवस्थामा यो बन्दको आयोजना गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*