कलाकार संघका पदाधिकारीद्वारा कार्यभार ग्रहण

जनपत्र
७ चैत्र २०७९, मंगलवार ०७:०४

नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीले सोमबारबाट आफ्नो जिम्मेवारी ग्रहण गर्दै काम सुरु गरेका छन् ।

संघको शनिबार मध्यरातमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । । कलाकार संघका तीनपटक महासचिव र दुईपटक उपाध्यक्ष भएका निरौला बल्ल यसपटक अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षकी अर्की उम्मेदवार अभिनेत्री रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै निरौला विजयी भएका हुन् । निरौलाले २ सय ३५ मत र रेजिनाले २ सय ९ मत ल्याएका थिए ।

यस्तै, नेपाल चलचित्र कलाकार संघको सो निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा कविता गेलाल विजयी भए भने उपाध्यक्षमा शिवहरि नेपाल वैरागी विजयी भएका छन् ।

यस्तै, संघको महासचिवमा सविन श्रेष्ठमा सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवालले जित हासिल गरेका छन् । संघको सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।

यस्तै, संघको कार्यसमिति सदस्यमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुस्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।

सोमबारबाट आफ्नो पदभार सुरु गर्दै अध्यक्ष मोहन निरौलाले अघिल्लो कार्यसमितिले छाडेका भवन निर्माणसहित थुप्रै काम सम्पन्न गर्दै आपूmले घोषणा गरेका तीन दर्जन नयाँ काम सम्पन्न गर्ने बताएका छन् । निर्वाचनमा जेजस्ता प्रतिस्पर्धा भए पनि अब भने आपूmले सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । अध्यक्षमा नजिते पनि अभिनेत्री रेजिना उप्रेतीलाई आपूmले विशेष स्थान दिएर सहकार्य गर्दैै अघि बढ्ने पनि अध्यक्ष निरौलाले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*