बीमा कम्पनीमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने लहर

जनपत्र
६ चैत्र २०७९, सोमबार १३:४३

काठमाडौं । बीमा कम्पनीमा प्रिमियम मूल्यमा आईपीओ निष्कानस गर्ने लहर नै चलेको छ । चार वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृत माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

५ चैत आइतबार सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । यसअघि आईएमई लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स र रियायबल नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका थिए । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि मर्जर अगाडि आईपीओ निष्कासन गर्नका लागि नेपाल बीमा प्राधिकरणसँग सैद्धान्तिक सहमति माग गरेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले लगातार तीन आर्थिक वर्षसम्म नाफामा रहेको प्रतिसेयर नेटवर्थ प्रतिसेयर अंकित मूल्य भन्दा बढी रहेका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ ।

‘प्रिमियम मूल्यमा आईपीओ निष्कानस गर्ने संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, संगठित संस्थाको प्रति सेयर चुक्ता पूँजी भन्दा प्रति सेयर नेटवर्थ बढी भएको हुनपर्नेछ,’ धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भनिएको छ, ‘संगठित संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको, संगठित संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्था भन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन, निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारण सम्बन्धी व्यवस्था पालना गरेको र संगठित संस्थाले कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनु पर्नेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*