‘पशुपति प्रसाद २’मा स्वस्तिमाले वर्षाको ठाउँ लिएकी हुन् ?

जनपत्र
६ चैत्र २०७९, सोमबार ०७:०१

७ वर्षअघि प्रदर्शन भएको फिल्म ‘पशुपति प्रसाद’ व्यावसायिक रुपमा मात्र सफल भएन, यसको कथावस्तुदेखि पात्रसम्म दर्शकको मानसपटलमा बसेको छ । पशुपति प्रसाद ९खगेन्द्र लामिछाने०, भष्मे डन ९विपिन कार्की०, बुनु ९वर्षा सिवाकोटी०, हनुमान ९रविन्द्र सिंह बानियाँ०को चरित्र फिल्मको मेरुदण्ड थियो । अब यो फिल्मको चरित्र केन्द्रित सिक्वेल बन्दैछ, ‘पशुपति प्रसाद २ स् भष्मे डन’ ।

सिक्वेलमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ मुख्य भूमिकामा रहनेछन् । निर्माण घोषणाताकासम्म फिल्ममा वर्षा थिइनन् । उनी स्वयंले फिल्ममा आफू नहुँदा खल्लो लागेको बताएकी थिइन् । तर, शुक्रबार फिल्मको मुहूर्तमा उनी पनि सहभागी भइन् । अर्थात्, फिल्ममा उनको प्रवेश भएको छ । यद्यपि, निर्माण टिमले वर्षालाई फिल्मको ‘सरप्राइज’ भनेको छ ।

 

कधयकतष्mब पजबमपब बलम दबचकजब कष्धबपयतष्

फिल्मको मुहूर्तमा सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्षाले आफ्नो भूमिकाबारे आफैं ‘सरप्राइज’ रहेको बताइन् । उनले भनिन्, ‘मलाई पनि ‘सरप्राइज’ नै छ । केही ‘सरप्राइज’ छ भन्नुभएको छ तर मलाई पनि थाहा छैन । ‘पशुपति प्रसाद’को परिवार भएको हिसाबले प्रत्यक्ष वा अप्रत्यक्ष, जुन रुपमा आबद्ध हुन पाए पनि म खुसी छु ।’ सिक्वेलमा वर्षा र खगेन्द्र जोडीको रुपमा देखिने स्रोत बताउँछ ।

‘पशुपति प्रसाद २’मा स्वस्तिमा भित्रिएपछि उनले वर्षाको ठाउँ लिएको टिप्पणी भएको थियो । तर, उनी यो कुरा मान्दिनन् । मुहूर्त समारोहमा उनले भनिन्, ‘म वर्षाको ठाउँमा हुँदै होइन । फिल्ममा वर्षाको राम्रो ‘सरप्राइज’ छ जस्तो लाग्छ । बुनुको क्यारेक्टर मैले गरेको भए रिप्लेस गरेको भन्न मिल्थ्यो होला । भोलि ‘पशुपति प्रसाद ३’मा अरु कोही होलान् । मेरो ठाउँ लिनुभयो भन्न मिल्दैन नि ।’

‘पशुपति प्रसाद’मा वर्षाको क्यारेक्टर आफूलाई पनि मन परेको बताउँदै स्वस्तिमाले छोटो ‘स्क्रिन प्रेजेन्ट्स’मा पनि उनले आफूलाई प्रमाणित गरेकोमा प्रशंसा गरिन् । ‘एउटा कलाकारलाई ‘फुल फ्लेजेड’ फिल्मबाट चिनिनुभन्दा छोटो समयमै आफूलाई चिनाउनु ठूलो कुरा हो । र, त्यहाँबाट आफूलाई प्रमाणित गर्न सक्नु कलाकारको खुबी हो, जुन वर्षाले गरेको थियो,’ स्वस्तिमाले भनेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*