पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालको अडिसनमा १३ जना चयन

नेपालका ब्युटिसियनको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि ६ वर्षबाट हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२३’ पाँचौं शृंखलाको आइतबार काठमाडौंमा पहिलो अडिसन सम्पन्न भएको छ । पहिलो अडिसनमा राजधानी र मोफसलबाट विभिन्न व्युटिसियन सहभागी थिए ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिद्वारा आयोजित यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि पहिलो अडिसनबाट १३ जना प्रतियोगी चयन भएका छन् । जसमा मनीषा श्रेष्ठ, प्रमिला दर्नाला (पूजा), श्वेता मगर श्रेष्ठ, दीपा श्रेष्ठ, आयुषा खड्का, मन्दिरा श्रेष्ठ, रजनी खड्का, सञ्जिना सितिखु, सुनिता प्रजापति मानन्धर, पुनम साउद, संगीता सुवेदी, प्रनिशा डंगोल र उर्मिला मानन्धर छन् ।
यो प्रतियोगिताका लागि दोस्रो अडिसन यही १० चैतमा राखिने भएको छ । अडिसन सम्पन्न भएपछि १२ चैतबाट प्रशिक्षण सुरु गर्ने र आगामी २८ चैतमा पाँचौ व्युटिसियन ट्यालेन्ट नेपाल २०२३ को एक भव्य समारोहबीच चयन गरिने पनि आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवं अग्रज व्युटिसियन सोनी कारन्जितले कार्यक्रममा बताइन् ।
आइतबार सम्पन्न अडिसनको निर्णायकमा हास्य अभिनेत्री पल्पसा डंगोल, अग्रज व्युटिसियन अनिता खड्का रायमाझी, लायन्स सुरेन्द गिरी, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो विजेता गायिका सरिता भारती र कस्मेटिक विज्ञ परिषी कारंजित थिए ।
प्रतियोगीलाई ब्युटिसियनसम्बन्धी दुई साता लामो प्रशिक्षण दिएर बल्ल फाइनल प्रतियोगितामा उतारिने भएको छ । विजेताले काठमाडौं बैंकक काठमाडौंको ५० हजार रुपैयाँबराबरका हवाई टिकट प्राप्त गर्ने आयोजक पक्षले जनाएको छ ।