स्थानीय तहले खेलकुदको विकासमा जोड दिनुपर्छ–कार्यकारी उपाध्यक्ष चौलागाईं

हेटौंडा । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले स्थानीय तहले खेलकुदको विकासका लागि जोड दिनुपर्ने वताउनु भएको छ । चितवनको राप्ती नगरपालिकामा रहेको नब बुद्ध युवा क्लबको आयोजनामा भएको प्रथम वडाअध्यक्षकप फुटबल प्रतियोगिताको समापन समारोहलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी चौलागाईले नेपालमा खेलकुदका लागि भौतिक संरचनाको अभाव रहेकाले यसमा तीनै तहका सरकारले जोड दिनुपर्ने वताउनुभयो ।
क्रिकेटसंगै फुटबलमा पनि खेलाडीहरु अब्बल बन्दै जाने भएकाले खेलकुद क्षेत्रको विकासका लागि पनि सरकारको उत्तिकै ध्यान जानु आवस्यक रहेको उहाँले वताउनुभयो ।
वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा टिम–सेन्ट्रल कलेज एभरेस्ट भरतपुर, चितवन भएको छ । यसैगरी उपविजेता टिम–रत्नप्रिय युथ क्लब रत्ननगर,९ चितवन भएको छ । विजयीले एक लाख रुपैयाँ पुरस्करा प्राप्त गरेका छन् । उपबिजेताले नगद ५० हजार रुपैयाँ पुरकार प्राप्त गरेको छ । कार्यक्रममा राप्ती नगरपालिकाका पूर्व उपमेयर ईमान सिंग लामा, वडा अध्यक्ष केदार आचार्य, हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड़का लगायतकाको आतिथ्यता रहेको थियो ।