विप्लपको बन्दः मकवानपुरमा दुईवटा गाडीमा आगजनी, हेटौंडाका चार स्थानमा संकासपद् वस्तु

जनपत्र
१५ श्रावण २०७६, बुधबार ०५:४४

हेटौंडा । विप्लव नेतृत्वको नेकपाको वन्दको क्रममा मकवानपुर गएराती र आज बिहान दुईस्थानमा गाडी जलाइएको छ । गाडीमा रहेकालाई ओरालेर गाडी जलाएको प्रहरीले जनाएको छ । हेटौंडाका ठाउँ ठाउँमा संकासपद वस्तु राखिएको छ । गएरातीनै राखिएका संकासपद् वस्तु आज बिहान स्थानीय वासिन्दाहरुले प्रहरीलाई खवर गरेका थिए ।

विप्लवको वन्दको पूर्व सन्ध्यामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल हुमाने मन्ज्याङमा निजी कारमा आगजनी गरेका हुन् । हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् । कारमा चढेका दुईजनालाई ओरालेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो । कार पूर्ण रुपमा जलेको छ ।

यसैगरी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । ज्यामिरेमा गुढीरहेको ट्रकमा अज्ञात समुहले पेट्रोल बम टाढैबाट प्रहार गरेका थिए । पेट्रोल वम प्रहारबाट ट्रकको अगाडीको भाग मात्र जलेको उहाँले बताउनुभयो ।

यसैगरी बन्दको पूर्व सन्ध्यामा हेटौंडाको चार स्थानमा संकासपद् वस्तु राखिएको छ । बम लेखिएका संकासपद् वस्तु हेटौंडाको पारिजातपथ, थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजीकै संकासपद् वस्तु राखिएको प्रहरीले जनाएको छ । संकासपद् वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । सेनाले संकासपद् वस्तु डिस्पोज गर्दा ठुलो आवाज आएको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गएिको विप्लव मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा भनिएको छ । विप्लव नेनृत्वको नेकपाले यस अघि पनि विभिन्न माग राखेर नेपाल बन्द गर्दै आएको छ । केहि दिन अघि काठमाण्डौँमा आफ्ना नेता माईला लामाको पक्राउ विरुद्ध उनीहरुले कडा आन्दोलन गर्ने बताईएको अवस्थामा यो बन्दको आयोजना गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*