प्रदेशको सेवा सबै जिल्लामा पुग्नुपर्छ–मुख्यमन्त्री पौडेल

मन्त्री अरुण नेपालद्वारा कर्मचारीलाई ४५ बुँदे निर्देसन
जनपत्र
१४ श्रावण २०७६, मंगलवार १७:०६

हेटौंडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्रालय अन्तरगतको वन निर्देशनालय तथा उद्योग, बाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयले चौमासिक तथा बार्षिक प्रगति समिक्षा गरेको छ । दुई निर्देशनालयले बितेको आर्थिक वर्ष २०७५–०७६ मा गरेका कामको प्रगति बिवरण सार्वजनिक गर्दै समिक्षा गरिएको हो ।

प्रदेश ३ का मन्त्रालय मध्य पहिलो पटक यस मन्त्रालय अन्तरगतका निर्देशनालयले बार्षिक समिक्षा कार्यक्रम गरेका हुन् । दुईदिन सम्म चल्ने बार्षिक समिक्षामा प्रदेशका १३ वटै जिल्लाका निर्देशनालय अन्तरगतका कार्यालयले गरेका कामको प्रगति बिवरण प्रस्तुतीकरण गरेका छन् ।

कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघियताको मर्म भनेको प्रदेशभरीका घरघरमा सेवा दिनु रहेको बताउनुभएको छ । सबै किसिमका सेवा सुबिधा सबै जिल्लामा पुग्नेगरी काम गर्नका लागि उहाँले कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ । समृद्धिको यात्रामा अग्रगामी काम गर्नका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–‘समृद्धीको यात्रा तय गर्ने मन्त्रालय मध्यमा यस मन्त्रालय पनि हो । बेलैमा सबै काम गरेको छ । सन्तोष जनक काम गरेर समिक्षा समेत गरेको छ ।’

सबैले काम गर्ने शैलि परिवर्तन गरेमा मात्र व्यावस्था परिवर्तन भएको अनुभुती हुने उहाँले बताउनुभयो । आजकै दिनदेखि काममा तिब्रता दिनका लागि उहाँले आग्रह गर्नुभएको छ । सबै एक जुट भएर काम गरेमा मात्र समृद्धी आउने बताउँदै उहाँले भन्नुभयो–‘हामिले काम नगर्दा कसरी आउँछ समृद्धी त्यसैले सबैले काम गर्नुपर्छ ।’

उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्री अरुण नेपालद्वारा कर्मचारीलाई ४५ बुँदे निर्देसन

उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले आफ्ना मातहतका कर्मचारीलाई ४५ बुँदे निर्देसन दिनुभएको छ । प्रत्यक कार्यालयले निर्देसनलाई पालना गर्नुपर्ने बताउनुभयो । मन्त्री नेपालले भन्नुभयो–‘नीतिगत समस्या आएमा बाधा अड्काउ म फुकाउछु तपाईहरु काम गरेर देखाउनुस ।’ कुनैपनि कर्मचारीका लागि भ्रष्टाचारमा क्षमा नहुने उहाँले बताउनुभयो ।

अहिले वन क्षेत्र अनुपादक भईरहेको समयमा अव उत्पादन मुखी बनाउनुपर्ने मन्त्री नेपालले बताउनुभयो । अव चालु आर्थिक वर्षमा गरेको कामको प्रत्यक महिनामा रिपोटिङ गर्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको कार्यप्रगति सन्तोष जनक भएको बताउँदै उहाँले आगामी बर्ष अझै राम्रो संग काम गर्न निर्देसन दिनुभयो ।

कार्यक्रममा प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाललले प्रदेश सरकारको अनुभुति सबै जिल्लाका नागरिकलाई दिन निर्देसन दिनुभयो । बितेको बर्ष भएका समस्या र चुनौतिलाई आगामी वर्ष हुन नदिने गरी काम गरिनुपर्ने बताउनुभयो । बिगतको भन्दा यस वर्ष काम उत्साहजनक हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्री अरुण नेपालका निजी सचिव नवराज पुणासैनी लगायतकाले आफ्ना निर्देशनालय, कार्यालयबाट भएगरेका कामको प्रस्तुतीकरण गरेका छन् ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, अर्का सदस्य डाक्टर रामचन्द्र ढकाल लगायतकाको उपस्थिती रहेको थियो । वन निर्देशक बिद्यानाथ झाको अध्यक्षतामा उद्घाटन् कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*