एजेन्सी : मध्यपूर्वमा गत साता एक प्रकारको शान्ति सम्झौता भयो। यो सम्झौता इजरायल र अरबबीच नभएर साउदी अरेबिया र इरानबीच भएको थियो। एक दशकदेखि एक-अर्काको घाँटी निमोठ्ने प्रयत्नमा रहेका यिनीहरूलाई चीनले मिलायो।
इरान र अरबबीच चीनले गराएको मिल्ती यतिबेला शक्तिराष्ट्रहरुमा बहसको विषय भइरहेछ। वर्षौदेखि मध्यपूर्वमा कूटनीतिक नेतृत्व गरिरहेका शक्तिहरूले अहिले अपमान महशुस गरिरहेछन्। शताब्दीकै एक तिहाई समयभर मध्यपूर्वमा अमेरिकीले राज गरेको थियो। अहिले चीनको मध्यस्थतापछि अमेरिका किनाराकृतझैँ भएको छ।
वर्षौदेखि यस क्षेत्रमा सामान्य भूमिका निर्वाह गरिरहेको चीन एकाएक केन्द्रमा आएको तेहरानलाई साउदीविरूद्ध उचालिरहेको इजरायललाई दुई मुलुकको मिल्ती सबैभन्दा टाउको दुखाइ बनेको छ। इरान र साउदीलाई मिलाउने यो सम्झौता निकै ठूलो रहेको अमी हर्थन बताउँछन्। उनी मध्यपूर्वमा लोकतन्त्रका सवालमा काम गर्ने गैरनाफामुलक संस्थाका निर्देशक हुन्।
हर्थनका अनुसार चीनले दुई मुलुकको मिल्ती गराएर कूटनीतिक रूपमा प्रतिष्ठित उपलब्धी हात पारेको छ। चीनको यो कदमले मध्यपूर्वमा अमेरिकाले आर्जन गर्न सक्ने प्रतिष्ठा र सम्मानलाई किनाराकृत गरेको छ ।