सुयोग्य वर खोज्न हरहर महादेब भन्दै सहिमा (भिडियो सहित)

जनपत्र
१४ श्रावण २०७६, मंगलवार ०८:४०

नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा भर्सटाईल गायिका सहिमा श्रेष्ठले नयाँ तीज गीत कोसेली लिएर आएकी छन् । ‘हर हर महादेव’ बोलको गीत गत शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीत मार्फत गायिका सहिमाले कयौं तीजमा व्रत बस्दा पनि कोहि साथि नभेटिएको भन्दै यो वर्षको ब्रतले शिरमा सिंन्दुर भरिदिने कोहि आईदेउ भन्दै आग्रह गरेकी छिन् ।

सन्तोष श्रेष्ठको संगीत र अमर वान्तुको शब्दले सजिएको गीतलाई कृष्ण पुनले एरेञ्ज गरेको हो । सहिमा श्रेष्ठको आवाज रहेको उक्त गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना प्रमुख फिचर्ड छिन् । उनीसँगै गायिका श्रेष्ठले पनि गीतमा ठुम्का लगाएकी छन् ।
हेर्नुस उक्त गीतको भिडियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*