लिजेन्ड्स लिग क्रिकेटमा नेपालका पारस खड्का आबद्ध टोलीले इण्डियन महाराजलाई हरायो

जनपत्र
२७ फाल्गुन २०७९, शनिबार १०:१५

unn.prixa.net

काठमाण्डाै – लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) को पहिलो खेलमा नेपालका पारस खड्का आबद्ध एसिया लायन्सले इण्डियन महाराजलाई हराएको छ । गएराति भएको खेलमा इण्डियन महाराज ९ रनले पराजित भएको हो ।

जितको लागि १ सय ६६ रनको लक्ष्य पछ्याएको महाराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । महाराजका कप्तान गौतम गम्भीरले सर्वाधिक ५२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

त्यसअघि कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एसिया लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । एसियाका मिस्बाह उल हकले सर्वाधिक ७३ रन बनाए ।

नेपालका पूर्व कप्तान पारस खड्का २ बलमा ३ रनमा अविजित रहे । लिगमा वर्ल्ड जायन्ट्स, इण्डियन महाराज तथा एसियन लायन्स सहभागी छन् । एसिया लायन्सले अब सोमवार वर्ल्ड जायन्ट्ससँग खेल्नेछ । तीन टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*