जर्मनीकाे चर्चमा आक्रमण, एक गर्भवतीसहित सात जना मारिए

जनपत्र
२७ फाल्गुन २०७९, शनिबार ०७:३१

जर्मनीको ह्यामबर्ग शहरस्थित जेहाभो भिटनेस मिटिङ हलमा आक्रमण हुँदा एक गर्भवतीसहित सात जना मारिएका छन् । बीबीसीका अनुसार, शुक्रबार एक जना आक्रमणकारीले गोली चलाएका थिए । अन्तिममा उनले आफूलाई समेत गोली हाने । आक्रमणको उद्देश्य अहिलेसम्म स्पष्ट भएको छैन ।

३५ वर्षीय आक्रमणकारीको नाम फिलिप हो । खबरमा जनाइएअनुसार उनी क्रिश्चियन धर्म समुदायका थिए, जसको मनमा (दुर्भावना) थियो ।

आक्रमणको नाटकीय भिडियो फुटेज पनि बाहिर आएको छ, जसमा आक्रमणकारी हलको झ्यालबाट मानिसहरूमाथि गोली चलाउँदै गरेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*