जर्मनीको एउटा चर्चमा गोली चल्दा ६ जनाकाे ज्यान गयो : ७ जना घाइते

जनपत्र
२६ फाल्गुन २०७९, शुक्रबार १२:१७

unn.prixa.net

जर्मनीको एउटा चर्चमा गोली चल्दा कम्तीमा ६ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ ।

ह्याम्बर्गमा रहेको जेहोभास विटनेस चर्चमा गोली चलेको हो । बन्दुकधारी पनि घटनामा मारिएको हुनसक्ने अनुमान छ । बर्लिनबाट झण्डै २ सय ८९ किलोमिटर उत्तरी जर्मन सहरको ग्रोसबोरस्टेल जिल्लामा गएराति घटना भएको हो ।

घटनास्थलमा सुरक्षाकर्मीको विशेष फौज परिचालन गरिएको छ । त्यहाँका नागरिकलाई तत्काल सकेसम्म घरबाट बाहिर ननिस्कन भनिएको छ । गोली चलाउनुको कारण खुल्न नसकेको प्रहरी प्रवक्ता होल्गर भेरेनलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*