रुसमा निर्वाचनको माग गर्दै प्रदर्शनमा उत्रिएका १४ सय प्रदर्शनकारी पक्राउ

जनपत्र
१४ श्रावण २०७६, मंगलवार ०६:२७

रूसी प्रहरीले मस्कोमा प्रदर्शनमा उत्रिएका १४ सय प्रदर्शनकारीलाई पक्राउ गरेको छ । खुला निर्वाचन हुनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई पक्राउ गरेको एएफपीले जनाएको छ । प्रमुख विपक्षी दलका नेतालाई चुनावमा सहभागी हुन नदिइएपछि करिब ३५ सयभन्दा बढी सहभागीले शनिबार प्रदर्शनमा उत्रिएका थिए । मतदान हुनुभन्दा केही दिन अघि उक्त निर्णय फिर्ता गर्न माग राख्दै २२ हजारभन्दा बढी स्थानीय सडमा उत्रिएका थिए । तर, सरकारले उक्त माग सुनुवाई नगरेपछि आक्रोशित जनताले प्रदर्शनलाई सशक्त रुपमा अघि बढाएका थिए ।

शनिबार सडकमा जम्मा हुने सबैलाई प्रहरीले लाठीचार्ज गर्नुका साथै नियन्त्रणमा लिएको थियो । जसमा केही घाइतेसमेत भएको घटनास्थलमा रहेका एएफपी संवाददाताले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*