बागमती प्रदेशः सरकार फेरबदल भइरँदा काममा तिब्रता दिदैनन् कर्मचारी

हेटौंडा । बागमती प्रदेशमा चालु आर्थिक वर्षको यो अवधिमा दुइ वटा सरकार परिवर्तन भइसकेका छन् । अब फेरी सरकारका परिवर्तन हुने र मन्त्रीहरु फेरिने हुँदा प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयहरुले काममा गति लिन सकेको छैन ।
चालु आर्थिक वर्षका लागि बजेट समयमै ल्याए पनि सरकारमा नेतृत्व गर्ने र मन्त्रीहरु फेरबदल भइरँदा कामले तिब्रता लिन नसकेको मन्त्रालयका कर्मचारीहरु वताउँछन् । मन्त्रालय र मातहतका कार्यालयका काममा मन्त्रीहरुको योजना अनुसार काम गर्नुपर्ने हुँदा थप समस्या हुने गरेको कर्मचारीहरुको भनाइ छ ।
बागमती प्रदेशमा बजेट ल्याउँदा राजेन्द्र पाण्डे नेतृत्वको सरकार थियो । चुनाबपछी शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार छ । नयाँ समिकरण अनुसार एमाले, राप्रपा, माओबादी सहितको समिकरणमा बनेको सरकार संकटमा छ । नयाँ सरकार आएपछी काममा तिब्रता दिन थालिएपनि फेरी सत्तासमिकरणमा फेरवदल भएपछी कामको गतिमा तिव्रता दिन नसकिएको प्रदेशको उर्जा, खानेपानी तथा सिंचाइ मन्त्रालयका एक कर्मचारीले वताए ।
यही मन्त्रालयको जस्तै हालत अरु ११ वटै मन्त्रालयमा रहेको छ । कतिखेर मन्त्री परिवर्तन हुने हो । कतिखेर सरकार परिवर्तन भइहाल्ने भन्ने सोचका कारण पनि यो वर्ष प्रदेश सरकारको खर्च रकम बढ्न सकेको छैन ।
प्रदेशको तीन वटा मन्त्रालयबाट राप्रपाका मन्त्रीहरुले राजिनामा दिएपछी ती मन्त्रालय मुख्यमन्त्रीले सम्हाल्दै आउनु भएको छ । अब फेरी को मन्त्री आइपुग्ने हो अनी काम अगाडी बढाउने भन्ने तयारीमा कर्मचारी छन् । यता नेकपा एमालेका चार जना मन्त्री रहेका मन्त्रालयहरु पनि अब नयाँ सत्ता समिकरणसंगै कसले लिने भन्ने अन्यौलताका कारण थप समस्या परेको कर्मचारीहरुको गुनासो छ ।