‘म्यान भर्सेस वाइल्ड’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी !

डिस्कभरी टेलिभिजन च्यानलको चर्चित शो ‘म्यान भर्सेस वाइल्ड’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन् । विश्व बाघ दिवसका अवसरमा टेलिभिजन शोका स्टार बेयर ग्रिल्सले आफ्नो ट्विटर एकाउण्टमार्फत आउँदो अगस्ट १२ मा प्रसारण हुने कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष भूमिकामा देखिएको जानकारी दिएका छन् ।
ग्रिल्सले जानकारी दिएअनुसार कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वन्यजन्तु संरक्षणका उपायहरुका बारेमा विशेष कार्यक्रमको छायाकंन गरिएको हाो । कार्यक्रममा चर्चित कार्यक्रम प्रस्तोता ग्रिल्ससँग भारतीय प्रधानमन्त्री मोदीले भारतीय प्राकृतिक विविधता र प्रकृति संरक्षणका बारेमा चर्चा गरेका छन् ।
फरक भूमिकामा मोदी
ग्रिल्सले सार्वजनिक गरेको टिजरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष भूमिकामा देख्न सकिन्छ । स्पोर्ट्स ड्रेस अपमा रहेका मोदी ग्रिल्ससँग डुङ्गामा नदी तर्दै वन्यजन्तुका बारेमा कुरा गरिरहेका छन् ।
त्यस्तै मोदी ग्रिल्ससँगै जंगल र पहाड उक्लँदै गरेका छन् । शिकार तथा अन्य कामका लागि ग्रिल्सले जंगलमा उपलब्ध स्रोत साधनको सहयोगमा उपकरण बनाउँदै गरेका दृश्य पनि सार्वजनिक भएका छन् ।
ग्रिल्सको शोमा ओबामा पनि आइसकेका छन्
डिस्कभरी च्यानलमा प्रसारित हुने कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ विश्वकै चर्चित टेलिभिजन शो हो । यस शोमा विश्वका कैयौँ चर्चित हस्ती समेत सहभागी भैसकेका छन् । यो कार्यक्रम विश्वका धेरै भाषामा रेकर्डसमेत गरिन्छ ।
ग्रिल्सको शोमा अमेरिकी राष्ट्रपति रहेका बेला बाराक ओबामा पनि सहभागी भैसकेका छन् । ओबामा र ग्रिल्स अलास्काको जंगलमा यात्रा गर्दै जलवायु परिवर्ततन, प्राकृतिक संसाधन तथा वन्यजन्तु संरक्षणका बारेमा चर्चा गरेका थिए ।
उज्यालोबाट साभार