नेपालमा महिला सशक्तिकरणमा र सहभागितामा निरन्तरता

चन्द्र कुमारी व्यञ्जनकार
२४ फाल्गुन २०७९, बुधबार ०८:५६

११३ औं अन्तराष्ट्रिय महिला दिवस मार्च ८, २०२३ अर्थात २०७९ फागुन २४ गते बिश्वभरि मनाईने गरिन्छ। नेपालमा पनि सप्ताह ब्यापी नै गतबिगत बर्षहरुमा जस्तै यस बर्ष पनि मनाईरहेको समाचारहरु आईसकेको छ । अन्तराष्ट्रिय महिला दिवस मनाई रहँदा महिलाको मुद्धालाई उठान गर्ने ब्यक्तित्वहरु र महिला आन्दोलनहरु जस्तै क्लाराजेटकिन,लाईसिस्ट्रा, कमला भासिन, योगमाया, मोतिदेवी, साधना प्रधान,सहाना प्रधान, मंगलादेवी हरु जस्ता ब्यक्तिहरु पनि स्मरण गरिन्छ ।

त्यस्तै महिला सशक्तिकरणका अवधारणाहरु अन्तराष्ट्रिय नारी बर्ष १९७५, १९७५ मै सम्पन्न पहिलो बिश्व महिला सम्मेलन,१९८० को कोपेनहेगनमा भएको दोश्रो बिश्व महिला सम्मेलन, केन्याको नैरबीमा भएको १९८५ को तेस्रो बिश्व महिला सम्मेलन र १९९५ मा बेजिङ्गमा सम्पन्न चौथो विश्व महिला सम्मेलन र दीगो विकास लक्ष्य अनि महिला विरुद्धको सबै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धि, १९७९ र सो महासन्धिलाई नेपाललले १९९१ मा अनुमोदन गरेको हो जस्लाई महिला अधिकारको मूल दस्तावेज मानिन्छ।अन्तराष्ट्रिय सन्धि महासन्धिहरुलाई पक्ष मानेर हस्ताक्षेर गरेपछि देशको कानून सरह मानिन्छ ।

नेपालमा महिलाको अवस्थाः

कूल जनसंख्याः ५१ दशमलब ५ प्रतिशत, संसदमा महिलाको प्रतिनिधित्वः ३३ प्रतिशत, प्रदेश सभामाः३६ प्रतिशत, स्थानीय तहमाः ४१ प्रतिशत, महिला साक्षरता प्रतिशत ५७ दशमलब ७ प्रतिशत, निजमती सेवामा २६ दशमलब १७ प्रतिशत, स्वास्थ्य सेवामा ४७ प्रतिशत, श्रम सहभागितामा २६ दशमलब ३, सहकारीमा महिलाको सहभागिता ५१ प्रतिशत रहेको छ । सम्पतिमाथी स्वामित्वः १९ दशमलब ७१, आब २०७९।८० को लैङ्गिक उत्तरदायी बजेट ४१ प्रतिशत रहेको छ ।

संबैधानिक ब्यवस्थाः

सबै प्रकारका विभेदहरुको अन्त्य गरी आर्थिक समानता,समृद्धि र सामाजिक न्याय सुनिश्‍चित गर्न समानुपातिक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने, संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प सहित महिलाको हक अन्तर्गत लैङ्गिक भेदभावविन समान वंशिय हक,सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्वन्धि हक,कुनै प्रकारको हिंसाजन्य कार्य वा शोषण नगरिने र गरेमा कानून बमोजिम दण्डनीय हुने र पीडितलाई क्षतिपुर्ति पाउने हक रहेको छ । राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागि हुन हक लगायत मौलिक हकहरुको प्रत्याभूत गरेको छ ।

नेपालमा पञ्‍चबर्षिय योजना बनेर कार्यक्रम शुरु भएको २०१३ साल देखि भएको मानिन्छ भने महिला मानवहरुको लागि बिकासमा सहभागिता अर्थात महिला बिकासका कार्यक्रम छैठौं पञ्‍च बर्षिय योजना आब २०३८–३९० देखि भएको हो। र्बेजिङ्ग सम्मेलन पश्‍चात नेपालमा महिला बिकासको क्षेत्रमा भएका प्रयासहरुलाई उल्लेखनिय मान्न सकिन्छ जस्तै महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको स्थापना महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय त्यसपछि राष्ट्रिय महिला आयोग स्थापना र संबैधानिय निकायको रुपमा स्थापना भएको छ भने बिभिन्न आयोग तथा प्रतिष्ठानहरुको स्थापना र संचालन अनि संबिधान तथा संबिधानमा भएका बिशेष ब्यवस्थाहरु जस्तै संसदमा महिला सहभागिता हेर्ने हो भने पनि प्रष्ट हुन्छ।

संसदमा महिला प्रतिनिधित्वः २०१५ को निर्वाचनमा जम्मा सदस्य १०९ जनामा महिलाको प्रतिनिधित्वा १ जना जुन ०.९१ प्रतिशत उहाँ डडेलधुरवाट द्वारिकादेवी ठकुरानी । त्यसैगरी २०४८ को निर्वाचनमा २०५ मध्ये ८ जना ३.९प्रतिशत, ०५१ सालमा २०५मा ७ जना ३.४ प्रतिशत क्रमशः२०५६ मा १२ जना ५.८ प्रतिशत, २०६३ मा १२ जना , २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा ६०१ मा १९७ जुन ३२.७८ प्रतिशत ९३ प्रत्यक्ष निर्वाचित,१६१ समानुपातिक र मनोनीत ६०, २०७० सालको निर्वाचनमा ६०१ मा १७६ जुन २९.२८ प्रतिशत९प्रत्यक्ष निर्वाचित १०, समानुपातिक १५९ र मनोनित ४ जना र २०७९ को निर्वाचनमा ३३.१० प्रतिशत सहभागिता पुगेको छ ।

नेपालको संबिधान २०७२ मा भएको ब्यवस्था अनुसार राष्ट्रप्रमुख र उपप्रमुखमा फरक लिङ्गको सहभागिता रहेको छ । राष्ट्रसभामा ५९ जना सदस्यहरुमा उपसभामुख महिला सहित जम्मा २२ जना सदस्य हुनुहुन्छ । सभामुख र उपसभामुखमा राष्ट्रिय सभामा क्रमश मा। गणेश तिमिल्सिना र मा।उर्मिला अर्याल त्यसैगरी प्रतिनिधी सभामा क्रमश मा।देवराज घिमिरे, उपसभामुखमा इन्दिरा राना मगर भर्खर सम्पन्न ७ प्रदेशहरुमा सभामुख र उपसभामुख ६ जना सभामुख पुरुष ,एकजना मात्र सभामुख महिला हुनुहुन्छ भने उपसभामुख सबै महिला नै हुनुहुन्छ ।

बागमती प्रदेश सभा सदस्य जम्मा जम्मा प्रदेश सभा सदस्य ११०मा महिला सदस्य ४० जना महिला माननीयहरु हुनुहुन्छ भने ११ मन्त्रालयमा एकजना महिला मन्त्री हुनुहुन्छ । त्यसैगरी स्थानीय तहमा महिला सहभागिताः नगरपालिका मेयर र उपमेयरमा कूल २९३ मा महिला मेयर २०७४ मा ७ जना , २०७९ मा ९३ जना, उपमेयरमा २०७४ मा २७३ र २०७९ मा २२६ जना , गाउँपालिका अध्यक्ष कूल ४६० मा २०७४ मा ११ जना र २०७९ मा १२ जना । उपाध्यक्षमा २०७४मा ४२४ जना र २०७९ मा ३३५ जना हुनुहुन्छ ।
कूल वडा अध्यक्ष ६७४३ मा २०७४ मा ६१ जना र २०७९ मा ६९ जना त्यसैगरी महिला वडासदस्य २०७९ मा ६७४२ जना र दलित महिला सदस्य जम्मा ६६४२ । नगणनाको प्रतिवेदन अनुसार पुरुष भन्दा महिलाको संख्या बढी छ तर हरेक क्षेत्रमा महिलाको सहभागितालाई हेर्ने हो भने पनि क्रमिक रुपमा विकास र सुधार भएको मान्न सकिन्छ ।अहिले संसदमा ५०५ को माग हुन थालेको छ । यस बर्षको अन्तराष्ट्रिय महिला दिवसको नारा लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तारुु आधुनिक यूगको बिकास संगै महिलाहरुलाई सिर्जनात्मक प्रविधिमा पहुँच बिस्तार गरेर लैङ्गिक समानता वा महिला र पुरुषको बराबरीमा पुर्‍याउने लक्ष निर्धारण गरेको महसुस गर्न सकिन्छ । प्रविधिकै कारणले सामाजिक सञ्‍जाल प्रयोग गर्ने क्रममा महिलालाई हिंसा नहोस बिभेद नहोस सम्मानजक ब्यवहार होस ।प्रविधिको प्रयोगले कार्यहरु छिटो,छरितो होस ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*