उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ३ विधेयक पेश

जनपत्र
१३ श्रावण २०७६, सोमबार १७:३७

हेटौंडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बितेको एक वर्षको अवधिमा सदनमा ३ वटा विधेयक पेश भएको छ । मन्त्रालयमा कामको गति अगाडी बढाउने उदेस्यले निरन्तर काम अगाडी बढाउनका लागि तीन वटा बिधेयक पेस भएका हुन् ।

मन्त्रालयले राष्ट्रिय वन विधेयक, प्रदेश औद्योगिक व्यावसाय विधेयक, प्रादेशिक व्यापार व्यावसाय विधेयक पेस गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालका निजी सचिव नवराज पुणासैनीले जानकारी दिुनुभयो । यसैगरी मन्त्रालयले प्रदेश व्यावसाय मञ्च गठन आदेश विधेकयको मस्यौदा तयारी गरेको छ ।

यस्तै पर्यटन विधेयकको मस्यौदा पनि तयारी गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयको तीन वटा कार्यबिधि स्वीकृत गरेको छ । नदिजन्य पदार्थ संकलन तथा उपयोग कार्यविधि(संसोधन समेत) तयार गरेको छ । यस्तै संयुक्त वजार अनुगमन निर्देशिका स्विकृत गर्दै भिजिट २०२० संचालन कार्यविधि समेत स्वीकृत गरिएको पुणासैनीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*