हेटौंडा अस्पतालमा प्रबिधि भित्रदै, रगतको रिपोर्ट बिरामीको इमेलमै

जनपत्र
१३ श्रावण २०७६, सोमबार १६:३७

हेटौंडा । हेटौंडा अस्पतालमा बिरामीको चाप बढेसंगै प्रबिधि पनि भित्रदै गएको छ । अस्पतालमा ओपिडीमा बिरामी जाँच गराउनेहरु बढेसंगै प्रबिधि भित्रदै गएको हो । साउन देखि अस्पतालमा छिटो र सहज रुपमा रक्त परिक्षण गर्नका लागि फुली बायोकेमेस्ट्री मेसिन भित्रयाइएको छ । यो मेसिन भित्रीएसंगे एक घण्टामा ४ सय जना बिरामीको रक्त परिक्षण गर्न मिल्ने भएको अस्पताल बिकास समितिका अध्यक्ष प्रकास पौडेलले बताउनुभयो ।

आजै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यसै प्रबिधिमा रक्त परिक्षण गराउनु भएको छ । रक्तपरिक्षण गर्ने प्रबिधि संगै रक्त परिक्षणको रिपोर्ट भने बिरामीको इमेलमा पठाउने व्यावस्था पनि सुरु भएको छ । आज मेयर महतले गर्नुभएको रक्तपरिक्षणको रिपोर्ट उहाँकै इमेलमा प्राप्त गरिएको थियो । नौ लाख रुपैयाँ लागतमा यो मेसिन खरिद गरेसंगै थप सहजता भएको कर्मचारीहरु बताउँछन् ।

यसैगरी ब्लड फल्चरको लागि ३ देखि ५ दिन सम्म लाग्ने भएपनि अव भने रगत पोजेटिभ भएमा ६ घण्टामानै रिपोर्ट दिन सकिने अध्यक्ष पौडेलले बताउनुभयो । यो प्रबिधिबाट अस्पतालमा तीन महिना देखि काम भईरहेको छ । अस्पतालमा केही जनसक्तिको भने अभाव रहेको छ । पछील्लो समय अस्पतालमा बिरामीको सख्या बृद्धी भएसंगै छिटो छरितो रुपमा उपचार गर्ने र ल्यावमा प्रबिधि पनि भित्रयाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*