मकवानपुर गोल्डकपः हिमालयन शेर्पा अन्तिम ४ मा
हेटौंडा । हेटौंडामा जारी शहीद स्मृति मकवानपुर गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । हेटौँडा ५, स्थित पिप्लेक्याम्पा रंगशालामा जारी गोल्डकप अन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पाले फ्रेन्डस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेसङ्गै सेमिफाइनल पुग्ने ४ टोलीको टुङ्गोलागेको हो ।
शेर्पाले अब सेमिफाइनलमा क्यामरूनी टोली एभिनियरसँग फाइन प्रवेशका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ । शेर्पाका लागि दोस्रो हाफको ३ मीनेटमा अमृत श्रेष्ठले गोल गरि खेलमा अग्रता दिलाएका थिए । फ्रेन्डस एन्जल महर्जनले २३ औं मिनेटमा गोल फर्कएर खेललाई बराबरीको स्थितिमा ल्याए । ३७औं मिनेटमा शेर्पाका बिश्वास श्रेष्ठलेले गोल थप्दै २–१ को स्थितिमा पुर्याए । बिदेशी खेलाडी सम्मीलित शेर्पा फ्रेन्ड्स माथी दवाब बनाएर राखेपनी १ गोल भने फर्काउन सफल रह्यो ।
शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडी सेटको अलि अलि समस्या भएपनी जित्नु ठूलो कुरा भएको बताउनुभयो । सोचेको अनुसार खेल्न नसकेपनी जित्यौ अब बिदेशी टोलीलाई जित्न थप मेहनत गर्ने उहाले बताउनुभयो ।
शुक्रबार भएको क्वाटरफाइन खेलमा मनाङले आयोजक मकवानपुरलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । मनाङले सेमिफाइनलमा विभागीय टोली एपीएफसँग भेट पक्का गरेको छ ।
डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी बिहीवार एपीएफ क्लबसँग ट्राई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित हँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । आर्मीले मकवानपुर गोल्डकप तीन पटकसम्म जितेको थियो ।
प्रतियोगिताअन्तर्गत शनिबार अन्तिम क्वाटरफाइनल जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड मोटरसाइकल पाउने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट हुने खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्नेछन् । १० फागुनमा गोल्डकपको फाइनल खेल हुनेछ ।






