एपीएफ क्लब हेटौंडामा जारी स्थानीय तह फुटबल प्रतियोगिताको अन्तिमम चारमा

हेटौंडा । सशस्त्र प्रहरीको एपीएफ क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को अन्तिमम चारमा स्थान बनाउन सफल भएको छ ।
विहीबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनमाल स्थान बनाउन सफल भएकाके हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको नतीजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।
विजयी टोलीको तर्फबाट टाइब्रेकरमा नवीन लामा, सुदिप सिख्राकाार, सनी श्रेष्ठ तथा दिपेश धिमालले गोल गरेका थिए । आर्मीका लागि टेकबहादुर बुढाथोकी र विकास खवासले मात्र गोल गरे । नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहार सशस्त्रका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए ।