प्रदेश र स्थानीय तह संगको साझेदारीमा सुरक्षा व्यावस्थापन

सुरक्षा क्षेत्रमा संघिय, प्रदेश र स्थानीय सरकारको लगानी हुनुपर्छ भन्ने उदेस्यले काम गर्न लागिएको हो ।
जनपत्र
१२ श्रावण २०७६, आईतवार ०६:२२

हेटौंडा । प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्थानीय तहसंगको साझेदारीमा सुरक्षा व्यावस्थापन गर्नका लागि काम गर्न लागेको छ । प्रदेशका एक सय १९ वटा स्थानीय तह मध्यमा इच्छुक स्थानीय तह छनौट गरेर सुरक्षा व्यावस्थापनमा लगानी गर्न लागेको हो । आन्तरिक मामिला मन्त्रालयले चालु आर्थिक वर्षमा २ करोड ४० लाख रुपैयाँ लागतमा सुरक्षाको क्षेत्रका सहयोग पुग्नेगरी काम गर्न लागेको छ ।

प्रदेश र स्थानीय तहको ५०–५० प्रतिशत लगानीमा सुरक्षा क्षेत्रलाई थप मजबुद बनाउने उदेस्यले काम गर्नेगरी प्रकृया सुरु गरिएको प्रदेश नम्बर ३ का आन्तरिक मामिला ताथ कानून मन्त्री शालिकराम जमकट्टेलले बताउनुभयो । सुरक्षा क्षेत्रमा संघिय, प्रदेश र स्थानीय सरकारको लगानी हुनुपर्छ भन्ने उदेस्यले काम गर्न लागिएको उहाँले बताउनुभयो ।
प्रदेश र स्थानीय सरकारको लगानीमा प्रहरीका लागि चाहिने उपकरण, सवारीका साधन, फर्निचर, भौतिक संरचना निर्माण गर्न लागिएको मन्त्री जमकट्टेलले बताउनुभयो । यसका लागि प्रदेशका सबै स्थानीय तहलाई पत्र पठाउने तयारी गरेको छ ।

प्रदेश ३ मा शान्ति पार्क निर्माण गर्न १० करोड

प्रदेश नम्बर–३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्यक स्थानीय तहमा पर्यटकिय स्थलको रुपमा बिकाश गर्दै शान्तिपार्क निर्माण गर्ने भएको छ । २०७९ साल सम्ममा प्रदेशका एक सय १९ वटै स्थानीय तहमा शान्तिपार्क निर्माण गर्ने उदेस्यले चालु आर्थिक वर्ष २०७६–०७७ बाट काम सुरु गर्न लागिएको हो । शान्तिपार्क निर्माण गर्नका लागि प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि मात्र दश करोड रुपैयाँ बजेट छुट्याइएको प्रदेश ३ का आन्तिरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले बताउनुभयो ।

आवस्यक्ताका आधारमा शान्तिपार्क निर्माणको काम सुरु गरिने उहाँले बताउनुभयो । स्थानीय तहसंगको साझेदारीमा शान्तिपार्क निर्माण गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेशको आन्तिरिक मामिला तथा कानून मन्त्रालयबाट शान्तिपार्क निर्माणका लागि रकम छुट्याएर काम गर्ने तयारी थालिएको हो । स्थानीय तह संग पहिले प्रस्ताव माग्ने र प्रस्तावका आधारमा बजेटको परिधिमा रहेर काम गर्ने तयारी छ ।

शान्तिपार्क निर्माणका लागि कार्यबिधि बनाएर काम गर्न लागिएको जानकारी दिदै मन्त्री जमकट्टेल भन्नुहुन्छ–‘अहिले बजार क्षेत्र घरैघरले निकै साघुरो हुन थाले, घुम्न निस्कनका लागि पनि ठाउँ छैन । त्यसैले सबै क्षेत्रका नागरिकका लागि घुम्न रमाउनका लागि शान्तिपार्क निर्माण गर्ने योजना बनाएका हौं ।’ शान्तिपार्क निर्माणका लागि स्थानीय तहले पनि बजेट खर्च गर्ने र प्रदेश सरकारले पनि रकम सहयोग गर्नेगरी शान्तिपार्क निर्माण गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*