नेपाली फिल्मको अब भारतमा सहज सेन्सर

जनपत्र
१२ श्रावण २०७६, आईतवार ०६:०७

नेपाली फिल्मलाई आफ्नै मुलुकको सेन्सर बोर्डमा अनेकन झमेला झेल्नु परेको छ । एडल्ट सर्टिफिकेट दिएर पनि कैची चलाइन्छ । सरकारप्रति व्यंग्य गरे पनि दृश्य काटिन्छ । इतिहासमाथि बनेका फिल्मले झन् सेन्सरमा नपाउनुको दुःख पाउने गरेका छन् । चलचित्र विकास बोर्डले स्क्रिप्ट पास गरे पनि फिल्म निर्माण भएपछि सेन्सर बोर्डले विभिन्न कारण देखाएर दुःख दिने गरेको उदाहरणहरु थुप्रै छन् ।
सेन्सरको डरले फिल्ममेकरले स्वतन्त्र रुपमा काम गर्न नसकिरहेको अवस्थामा नेपाली फिल्मको अब भारतमा भने सहज रुपमा सेन्सर हुने भएको छ । सन् २०१७ जुलाई ९ मा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भारतीय सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीसँग भेट गरेर नेपाली फिल्मको भारतमा सहज सेन्सरको लागि माग गर्दै पत्र बुझाएका थिए ।
शुक्रबारबाट भारतीय सेन्सर बोर्डले नेपाली फिल्मको सेन्सरका लागि सहज व्यवस्था मिलाएको छ । नेपाली फिल्मको भारतमा सेन्सर गर्न अब नेपाली निर्माताले अनेकन झमेला झेल्नु पर्ने अवस्थाको अन्त्य भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । अब नेपाली फिल्म सेन्सरका लागि अनलाइनबाट डेट लिन सकिने र नेपाली भाषाको स्क्रिप्ट नै सेन्सरका लागि समावेश गर्न सकिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*