शिव परियारको मार्मिक गीत ‘प्रेमको फूल’ (भिडियो सहित)

जनपत्र
११ श्रावण २०७६, शनिबार ०८:१२

नेपाली सुगम संगीतमा लामो समयदेखी राज गरिरहेका गायक शिव परियारको नयाँ गीत ‘प्रेमको फूल’ सार्वजनिक भएको छ । शिव पसरियारको स्वरले भरिएको ‘प्रेमको फूल’ बोलको गीतमा प्रेममा धोका पाउँदाको पिडा समेटिएको छ । आफुले माया गर्ने मान्छेले आँफैलाई घात गर्दाको कथालाई गीतमा प्रस्तुत गरिएको छ । ‘स्‍मृति’ एल्बममा समेटिएको उक्त गीतमा राजेश आचार्यको शब्द तथा भुपु पाण्डेको संगीत रहेको छ । गीत वास्तविक प्रेम कथामा आधारित रहेको बनाईएको छ ।
गीतको भिडियोमा चर्चित अभिनेता आकाश श्रेष्ठ, बर्षा राउत र कमल सिंहको फिचरिङ्ग रहेको छ । शान थापाले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।
उक्त गीतको भिडियो हेर्नुस

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*