प्रदेश ३ को प्रेस रजिष्टारको शाखा कार्यालय काठमाण्डौंमा खुल्दै

हेटौंडा र काठमाण्डौंको दुबै कार्यालयबाट प्रेसको काम गर्ने प्रदेश सरकारको तयारी ।
जनपत्र
११ श्रावण २०७६, शनिबार ०७:२२

हेटौंडा । प्रदेश नम्बर ३ को प्रेस रजिष्टारको शाखा कार्यालय काठमाण्डौंमा राखिने भएको छ । काठमाण्डौ उपत्यका र आसपासका जिल्लाका रेडियो, टेलिभिजन, अनलाईन र पत्रिकाको काम नजिकैबाट गर्न सकुन भन्ने उदेस्यले शाखा कार्यालय खोल्ने अन्तिम तयारी भएको हो । दुबै कार्यालयबाट वरावर सेवा दिनेगरी काम गर्न लागिएको छ ।

काठमाण्डौको तीन कुनेमा प्रेस रजिष्टारको साखा कार्यालय राख्न लागिएको प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले बताउनुभयो । शाखा कार्यालयको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यही साउन १५ गते उद्घाटन् गर्ने कार्यक्रम रहेको मन्त्री जमकट्टेलले बताउनुभयो ।

रेडियो, टेलिभिजन, अनलाईन र पत्रिकाको इजाजत, नबिकरण, नियमनका कामहरु हेटौंडा र काठमाण्डौंका दुबै कार्यालयबाट गरिने प्रदेश ३ का प्रेस रजिष्टार रेवती सापकोटाले बताउनुभयो । यसैगरी पत्रपत्रिकाको अभिलेख र प्रेस पास पनि दुबै स्थानबाट दिने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*