मञ्जु पौडेलको विलौना- काम भन्दै गयो मेरो आधा उमेर [भिडियो]

जनपत्र
११ श्रावण २०७६, शनिबार ०७:०२

चर्चित गायिका मञ्जु पौडेलले नेपाली नारीहरुको महान पर्व तीजको अबसरमा ‘नाच्छु घुमेर’ भन्ने बोलको तीज गीत कोसेली पस्केकी छिन । घरायसी काममा होस् यात बाहिरी, देशमा होस् या विदेशमा, महिला हुन् या त पुरुष नै, कुनै न कुनै रुपमा हामी काममा व्यस्त छौं । दैनिक कामकै सिलसिलामा कत्तिलाई परिवारबाट टाढा रहनु परेको, कतिपय समयमा त परिवारसँग साथमै रहे पनि समय दिन नसकेको लाग्ने हामी धेरै हौंला।

अझै धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व, कार्यक्रम तथा रीतिरिवाजलाई परिवार र आफन्तसँग जोडिने माध्यम मानिए पनि पछिल्लो समय यो अवसर पनि धेरैका लागि सदुपयोग गर्न नसकिएको लाग्नसक्छ। यही अवस्थालाई विषयवस्तु बनाएर एक तीज गीत बजारमा आएको छ। तीज नजिकिँदै गर्दा श्रमजीविहरुको आवाज मुखरित हुनेगरी तीज गीत सार्वजनिक गरेकी हुन् गायिका मञ्जु पौडेलले। गीतमा विशेषतः कामको चापमा परेकी एउटी महिलाको भावनालाई केन्द्रमा राखिएको छ। जसलाई गीतको थेगोबाट स्पष्ट बुझ्न सकिन्छः

काम भन्दै गयो मेरो आधा उमेर
घन्काइदेउ मादलु नाच्छु घुमेर।

कामकै पछि दौडिँदा आधा उमेर बितेको भए पनि यसपटक तीजमा भने सबै कुरा बिर्सिएर नाच्छु, परिवारलाई समय दिन्छु भन्ने गीतको केन्द्रीय पात्रले बोल्छ। अझै उनले आफ्ना साथीसंगी र परिवारका सदस्यलाई पनि यसमा समेटिन आग्रह गरेको गीतका शब्द सुन्दा प्रष्ट हुन्छ। दिग्गज दौरालीको शब्द र अर्जुन पोख्रेलको संगीतमा रहेको उक्त गीतमा चर्चित गायिका मञ्जु पौडेलको आवाजले अझ दमदार बनाएको छ । मञ्जु पौडेल र अनुषा पौडेलको दमदार नृत्य रहेको उक्त गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन ।
गीतको भिडियोः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*