हेटौंडाको बिकास निर्माणमा प्राथमिकता

प्रदेश ३ को राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हुन हरि बहादुर महत । उनै महतसँग उपमहानगरपालिकाको विकास निर्माणको अवस्था, योजना, चुनौतीहरु र प्रगतिबारे कृष्ण सारु मगरले गरेको कुराकानीः
भर्खरै आर्थिक वर्ष २०७५/ ७६ सकिएको छ । यो वर्षको कामहरुलाई कसरी समिक्षा गर्नुहुन्छ ?
सोचेको भन्दा पनि राम्रको काम भएको छ । जनप्रतिनिधि र कर्मचारीको टिम स्पिड मिलेको छ । ९० प्रतिशत भन्दा बढि काम भएको छ । हामी सन्तुष्ट छौं । हामीलाई काम गर्न समस्या छैन । बजेट हुनुप¥र्यो, समयमा नै स्तरीय काम गर्ने जिम्मा उपमानगरपालिकाको हो ।
हामीलाई काम गर्न सजिलो हुनुको कारण म आफै पनि दुई पटक उपमेयर भइसकेको मान्छे हु । कर्मचारीहरुले जनप्रतिनिधि नहुँदा पनि नगर चलाएकै थिए । अझ हामी आएपछि सहज भएको छ ।
त्यस्ता के कामहरु भए जसले तपाइलाई सन्तुष्ट बनायो ?
गत आर्थिक वर्षमा १८.७ किमि कंकृट सडक, २४ किमि नयाँ ट्रया खोल्ने काम भएको छ । एक हजार मिटिर सडक डिभाइडर निर्माण गरेका छौं । सडकमा यस्ता धेरै शिर्षकमा काम भएको छ । थप एक हजार धुरीमा खानेपानीको सुविधा पु¥याएका छौं । समुदायमा आधारित ६० वटा शौचालय निर्माण, १७ वटा वडामा घरदैलो फोहर संकलन कार्य भएको छ । न्यायिक समितिबाट एकसय वटा बिवाद मेलमिलाप भएको छ ।
सबै व्यवसायीलाई करको दायरामा समेट्ने प्रयास गरेका छौं । बसपार्क, मल्टी कम्प्लेक्स भवन र कर्रा करिडोरको डिपिआर बनाएका छौं । अब हेटौंडा उपमहानगरपालिकामा ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता अनलाईमार्फत नै सेवा दिने काम भएको छ । खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । हामीले सबै क्षेत्रमा काम गरेका छौं । यस्ता विबरण भन्दै जाने हो भने धेरै लामो सूची बन्छ ।
नयाँ आर्थिक वर्षको योजनामा के कुराहरुलाई प्राथमिकता दिनुभएको छ ?
हाम्रो अघिल्लो आर्थिक वर्षको बजेट १ अर्ब ६३ करोड रुपैयाँको थियो भने आर्थिक वर्ष २०७६÷७७ को लागि १ अर्ब ८१ करोड बजेट पारित गरेका छौं । सोही अनुसार काम हुन्छ । त्यसभित्र वहुबर्षीय योजनाभित्र कर्रा करिडोर, बस टर्मिनल, भ्युटावरको योजना बनाएका छौं । अटो भिलेज निर्माण प्राथमिकतामा छ । यी बाहेक खानेपानी, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएका छौं । सामाजिक क्षेत्रमा पनि हाम्रो ध्यान गएको छ । १९ वटै वडाका विद्यालयमा सेनेटरी प्याड बितरण गरेका छौं ।
हामीले यो वर्ष साईकल यात्रीको लागि साईकल ट्रयाक निर्माण, ६३ किमि चक्रपथको स्तरिकणर, भुउपयोग नीति र नगर यातायात गुरुयोजनालाई परिमार्जन, सार्वजनिक जग्गा संरक्षणको लागि गुरुयोजना निर्माण, जिर्ण काठेपुल बिस्थापन, हेटौंडा १६ मा एकिकृत जग्गा विकास योजना र १५ नम्बरस्थित चिप्लेटी बाँसघारीका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्दैछौं । हामी बधशालादेखि भान्छाघरसम्म स्वच्छ र सफा मासु अभियान चलाउँदैछौं, मेयर नमुना वडा कार्यक्रम सञ्चालन गर्दैछौं, एकिकृत जेष्ठ नागरिक मिलन तथा सेवा केन्द्र स्थापना पनि यसैसाल गर्दैछौं ।
असारे विकासको चटारो कत्तिको भयो यस पटक ?
हामीलाई त्यस्तौ छैन । हाम्रो सिस्टममा काम हुन्छ । पुरक बजेटहरु अढि ढिला आउनाले केही काम ढिला हुन्छ । तर हाम्रो नगरको योजना समयमा नै सम्पन्न भएको छ । म आफै पनि असारे विकासको बिरोधी हुँ ।
यस वर्षको बाढी पहिरकोको क्षति के छ ? कसरी काम गरिरहनुभाछ ?
१९ वटै वडा अध्यक्षलाई क्षतिको बिवरण तत्कालै उपलब्ध गराउन निर्देशन दिएको छु । हाम्रो प्राकृतिक बिपत्ति राहत कोषमा केही रकम छ, कहाँ कति कस्तो क्षति भएको छ,सोही आधारमा हामी काम गर्छौ ।
तपाईले आफ्नो ५ वर्षे कार्यकालभित्र प्राथमिकतामा राखेका योजना र कामहरु के के छन् ?
हाम्रो घोषणा पत्र नै मुख्य आधार हो । त्यसपछि सडक फराकिलो बनाउने हाम्रो मुख्य सोच छ । स्वच्छ खानेपानी बितरण र सामुदायीक विद्यालयको शिक्षाको गुणस्तर बृद्धिमा प्राथमिकता छ । अहिले हामी ९० प्रतिशत सामुदायीक विद्यालयमा नेपालीसँगै अंग्रेजी माध्यममा पनि पढाउन थालेका छौ । यसलाई सतप्रतिशत पु¥याउने गरी काम भइरहेको छ । यसलाई सत प्रतिशत बनाउन केही शिक्षकले अंग्रेजीमा पढाउन नसक्ने भएकाले त्यस्तो ठाउँमा नयाँ शिक्षक राख्नुपर्ने र नगरपालिकालाई केही भार पर्ने भएकाले हामीलाई अलि समस्या परेको हो । तर हामी नेपालीसँगै अंग्रेजीमा पनि सतप्रतिशत विद्यालयमा पढाई सुरु गर्छौ ।
हेटौंडामा सडक बिस्तार हल्लामात्रै हुन्छ, उपनगरपालिकाको धारण के हो सडक फराकिलो बनाउने सन्दर्भमा ?
सडक बिस्तार हाम्रो पहिलो प्राथमिकताको काम हो । ट्राफिकको चाप बढ्दो छ । १६ मिटर की २५ मिटर भन्ने चर्चा छ । २५ मिटर नै सडक फराकिलो हुनुपर्छ । बाइपासबाट लैजान सकिन्छकी भनेर मैले पनि बोलेको थिए । तर त्यहा हेर्दा बाईपास बनाउन उपयुक्त देखिएन । ६ मिटर सेटब्याक हटाइदिन्छ भने २५ मिटरभित्रको घर हामी आफै भत्काउछौं भनेर घरधनीहरुले मसँग भनिरहेका छन् । अहिले नै सडक जाम हुन थालिसकेको छ, पछि के होला ।
सडक डिभिजन कार्यालयले १५ दिने सुचना निकालेपछि लोथरमा गएर साना झुप्रो भत्काउने काम भएको छ । बजारबाट काम सुरु गर्नुपर्ने भएन । के कुराले अबरोध गर्छ फेरी सडक बिस्तारको काम बन्द हुन्छ । के नाटक मन्चन गरिएको हुन्छ मलाई थाहा छैन । मेरो स्पष्ट धारण क्षतिपूर्तीको कुरा स्पष्ट पारेर सडक बिस्तार गरिनुपर्छ । एसियन हाइवेलाई बजारबाटै लैजानुपर्छ ।
सुशासन र पारदर्शीता कायम गर्न कसरी काम गर्नुभाछ ?
पारदर्शीताको मामलामा हामी देशभरमा नै पहिलो जस्तो लाग्छ । जग जायरै छ, नगरबारीको बीचमा । हामीले कतिपय काम अनलाईबाट सुरु गरेका छौं । सुशासन र पारदर्शीतामा हामी स्पष्ट छौं । यसभित्र भएका बिकृति शुन्यमै झार्न त सकिएको छैन तर अन्य स्थानीय तहको तुलामा हामी धेरै माथि छौं भन्ने लाग्छ ।
प्रदेश र केन्द्रले कतिपय एन कानून निर्माण नगर्दा स्थानीय तहलाई काम गर्न समस्या पनि देखिन्छ । यहाँको हकमा के छ ?
स्थानीय तहले बनाएको कानून प्रदेश र केन्द्रसँग बाझिएमा स्वत खारेज हुन्छ । दुबै तहसँग नबाझिनेगरी कानून बनाएर काम गरिरहेका छौं । हामीलाई त्यस्तो ठूलो समस्या छैन ।
हेटौंडा बजारमा अशोकको रुखहरु त थियो नै अहिले जनाततै फलफूलको बिरुवा रोपेको देखिन्छ,किन यस्तो गर्नुप¥यो ?
यो हेटौंडाको पहिचान पनि हो । हमी देश विदेश जान्छौं, त्यो शहरको सोभा सडक र त्याहाको बातावरणले पनि दिन्छ । त्यसैले हामीले सडक दायाँबायाँ मान्छे हिड्ने बाटो छोडेर फलफूलको बिरुवा रोपेका छौं । करिब ६० प्रतिशत स्थनमा रोपिसकेका छौं, हुुुर्किपनि सकेको छ । यो अभियान जारी रहन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको कुराकानी हामिले साभार गरेका हौं ।