हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग अवरुद्ध

मकवानपुरको सिस्नेरी र फाखेलमा पहिरो लडेका कारण सडक अवरुद्ध हुनपुगेको हो ।
जनपत्र
१० श्रावण २०७६, शुक्रबार ०७:३८

हेटौंडा । हेटौंडा –काठमाण्डौ ओहोर दोहोर गर्ने छोटो दुरीको मार्ग आज बिहानैबाट अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तरगत पर्ने सिस्नेरी र फाखेल सडकमा पहिरो गएपछी आज बिहानबाट दुवै सडक अवरुद्ध भएको हो ।

हेटौंडा, भिमफेदी, कुलेखानी सडक अन्तरगत फाखेल, सिस्नेरीका दुईवटा सडक भएर काठमाण्डौ पुगिने सडक अवरुद्ध भएको हो । आज बिहान इन्द्रसरोवर गाउँपालिका २ सल्लेमा र इन्द्रसरोवर ३ तापीखोल्सामा पहिरो गएकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

बिहान ४ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछी हेटौंडा काठमाण्डौ छोटो दुरीको मार्ग भएर चल्ने वारीका साधनहरु समस्यामा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*