मकवानपुरमा पहिरोको पीडाः दुई गाउँपालिकाको ६४ परिवार स्थान्तरण गर्नुपर्ने
हेटौंडा । मकवानपुरमा बाढी, पहिरोका कारण बिकट वस्तिहरु बढी प्रभावित भएका छन् । अझै डाँडामा रहेका वस्तिलाई पहिरोले झनै मारमा पारेको छ । पहिरोका कारण मकवानपुुरको दुईवटा गाउँपालिकाको दुईवटा वस्ति स्थान्तरण गर्नुपर्ने भएको छ ।
मकवानपुुरको कैलाश गाउँपालिका वडानम्बर ५ कालिखोला र भिमफेदी गाउँपालिका वडानम्बर ५ दमारका वासिन्दालाई स्थान्तरण नै गर्नुपर्ने समस्या आएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । दुबै गाउँको घर तल र घर माथीबाट पहिरो गएपछी निकै जोखिममा रहेका छन् । बितेको असार महिनाको अन्तिम साता लगातार परेको अवीरल वर्षाका कारण दुबै वस्ति जोखिममा पारेको थियो ।
कैलाशको कालिखोलाका एक सय ४० घर मध्य ५० परिवारलाई तत्काल स्थान्तरण गर्नुपर्ने भएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताउनुभयो । वस्तीको वरीपरी, तल, माथीबाट पहिरो गएकाले पुरै वस्तीनै जोखिममा रहेको उहाँले बताउनुभयो । सानो पानी आउने बित्तिकै यहाँका वासिन्दाहरु त्रासमा वस्नुपर्ने बाध्यता रहेको छ ।
त्यस्तै भिमफेदीको दमारका १४ परिवारको पीडा पनि उस्तै छ । पानी आउँदा घर छोडेर त्रिपालमा आउनुपर्ने र पानी नपर्दा घरमा गएर बस्ने गरेका छन् । पहिरोले घर तल र माथीबाट आएको पहिरोले कतिखेर घर बगाउने भन्ने त्रास कायमनै रहेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । यहाँका परिवार बिस्थापीत भएर सबेको बखतमा गाउँपालिकाले खाद्यान्नको व्यावस्था गर्दै आएको छ ।
मृतक दुई परिवाले मात्र राहत बुझे
बाढी, पहिरोका कारण मकवानपुरमा मृत्यु भएका मध्य दुई परिवारले मात्र राहत रकम बुझेका छन् । मृतक परिवारले एक लाख रुपैयाँका दरले राहत रकम बुझेर लगेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले बताउनुभयो । यसैगरी बाढी पहिरोका कारण घर बगाएका मध्य ६ घरले मात्र राहत रकम बुझेर लगेका छन् । जिल्ला प्रशाशन कार्यालय मकवानपुरबाट दश हजार रुपैयाँका दरले राहत रकम लगेका हुन् ।
मकवानपुरमा राहत सामाग्री प्रर्याप्त छ
दैवि प्रकोपको समयलाई चाहिले राहत सामाग्री मकवानपुरमा पर्याप्त रहेको छ । जिल्लामा बाढी, पहिरो लगायतका दैवि प्रकोपको समयलाई चाहिने त्रिपाल, टेण्ट, भाडाका सामानहरु प्र्याप्त रहेको प्रजिअ तामाङले बताउनुभयो । आवस्यक परेमा कुनैपनि गाउँपालिका र वडाहरुका पीडित परिवारले सम्पर्क गरेमा सहज रुपमा उपलब्ध गराइने उहाँले बताउनुभयो । राहतमा कुनैपनि कमी हुन नदिनका लाफु लागिपरेको उहाँले जानकारी दिनुभयो । अहिले सम्म पनि मकवानपुरका दश वटै स्थानीय तहलाई बाढी, पहिरोको क्षतीको विवरण पठाउनका लागि आग्रह गर्दा पनि प्रशासनमा बुझाएका छैनन् ।