नेपाललाई चिनाउन मकवानपुरकी श्रृङ्खला फ्रान्सको हिमालमा

नेपाल भ्रमण वर्ष २०२० लाई प्रचार प्रसार हुने विस्वास
जनपत्र
९ श्रावण २०७६, बिहीबार ०९:०२

हेटौंडा । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा फ्रान्स र नेपालको मैत्री सम्वन्धको अवसरमा जुलाई १५ देखि फान्स भ्रमणमा रहनुभएको छ ।  खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांक (Mont Blanc) को सफल आरोहण आरोहण गर्नुभएको हो ।

भ्रमणका अवसरमा युरोपको सबै भन्दा ठुलो हिमाल आरोहण गरेर नेपाललाई चिनाउनु भएको छ । खतिवडाले हिमाल चढेर नेपालको झण्डा समेत सफलता पूर्वक फहराउनु भएको छ । नेपाल फ्रान्सबिचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा नेपालस्थित फ्रान्सेली दुतावासले खतिवडालाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको ब्यबस्था मिलाएको हो ।

निकै कठिनका साथ हिमाल आरोहण गरेर नेपाल र फ्रान्सको झण्डा गाढेर हिजो मात्र फकीएका छन् । नेपाललाई विश्वसामु चिनाउन र नेपाल भैमण वर्ष २०२० लाई सफल पार्न पनि हिमाल आरोहण गरेको श्रृङ्खलाकी आमा मुनु सिग्देलले बताउनुभयो ।

युरोप भ्रमणको डेढ महिनाको कार्यतालिका अनुसार फ्रान्समा हिमाल चढेर फकिएपछी अमेरीका जाने र युरोपका बिभीन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेको छ । श्रृङ्खलाले सफल पूर्वक हिमाल चढेर नेपाल र फ्रान्सको झण्डा फहराउन सफल भएकोमा फ्रान्समा रहेको नेपाली दुतावासले बधाई दिएको छ । हिमाल चढेकोमा दुतावासले बिज्ञप्ती जारी गर्दै बधाई दिएको छ ।

हिमालको सफल आरोहणपछि शृंखलाले साइकल रेस कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । त्यहा साइकलिस्ट र आयोजकसंग अन्तरक्रिया समेत गर्नेकार्यक्रम रहेको उहाँका आमा मुनु सिग्देलले बताउनुभयो । त्यसपछि उहाँ आगामी जुलाइ २८ मा हुने समापन कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका छ।

धेरै नेपाली पथ प्रदर्शक र प्याराग्लाइडरहरुले फ्रान्समा तालिम लिइरहेको र फ्रान्सका बिभिन्न संघ संस्थाहरु पनि नेपालमा सक्रिय रहेकाले दुइ देशबीच मजबुत सम्बन्धका लागि कार्यक्रम आयोजना गरिएको दुतावासले जनाएको छ। नेपाल र फ्रान्सको दौत्य सम्बन्धको सकारात्मक सन्देश दिन र फ्रान्समा नेपालको प्रवर्द्धन गर्नका लागि कार्यक्रम आयोजना गरिएको दुतावासले जनाएको छ।

सेतो हिमालको नामले समेत चिनिने यो हिमालको उचाई ४ हजार ८ सय ८ मिटरको छ। इटाली र फ्रान्सको बीचमा पर्ने यो हिमाल विश्वकै अग्ला हिमालहरु मध्ये ११ औं स्थानमा पर्छ।यो हिमाल हाइकिङ, क्लाइम्बिङ, ट्रेल रनिङ, स्किङ् र स्नोबोर्डिङ्का लागि लोकप्रिय मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*