लाेकदाेहाेरी गायक भीम पाैडेलकाे निधन

जनपत्र
१३ माघ २०७९, शुक्रबार ०८:३४

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाको शिखरमा पुगेका स्याङ्जाका गायक पौडेलको बिहीबार राति करिब ११स्२० मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार गायक पौडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनको मृत्युको कारण भने खुल्न बाँकी छ। गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ।

माघ १ गते पोखरामा भएको यतिको जहाज दुर्घटनामा परी निधन भएकी गायिका निरा छन्त्यालको निधनपछि फेरि अर्को गायक गुमाउनु परेकोमा इन्द्रेणीका कृष्ण कँडेलले दुस्ख व्यक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*