चीनमा पहिरो, ११ जनाको मृत्यु, ३४ बेपत्ता

जनपत्र
९ श्रावण २०७६, बिहीबार ०७:४९

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पहिरोमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ। चीनको  गुईझोउ प्रान्तमा आएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो चिनियाँ अधिकारीहरुले जनाएका छन्।  लिउपान्शुईको गाउँमा पहिरो पसेको बताएका छन्। पहिरोले २१ घर पुरेको छ। प्रभावित क्षेत्रमा पहिरो खसेको बेला ५० भन्दा बढी मानिस रहेको उद्धारकर्ताहरुले जानकारी दिएका छन्।  उद्धारकर्ताहरुले बुधबार बिहान ११ बजेतिर ११ जनाको शव भेट्टाएका थिए। अरू ११ जनालाई जीवितै उद्धार गरिएको र ३४ जना अझै बेपत्ता नै रहेको अधिकारीहरुले जनाएका छन्।  बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्ताहरुले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*