‘साइनो’को आइटम गीत रिलिज

पाली फिल्म ‘साइनो’को आइटम गीत रिलीज गरिएको छ । मंगलबार इन्टरनेटमा रिलीज गीतमा नायिका नीता ढुंगानाले नृत्य गरेकी छन् भने साथमा नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन् ।
‘क्या बात छ…’ बोलको गीतमा मिना निरौलाको आवाज रहेको छ भने शब्द यमन सुवेदी र र संगीत किरण भुषालको छ । यस गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको यस फिल्ममा रमेश थापाको निर्देशन रहेको छ । फिल्ममा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका कलाकारहरुको अभिनय छ ।
साइनो यहि साउन २४ गते रिलीज हुँदैछ । फिल्मलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छायांकन तथा बनिश शाहको सम्पादन छ ।
भिडियो: