राष्ट्रिय अनुकूलन योजना गोष्ठी हेटौंडामा सुरु

नीति र योजना बनाउँदा तल्लो स्तरबाट बनाउन सुझाव
जनपत्र
८ श्रावण २०७६, बुधबार १३:०४

हेटौंडा । संघिय सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजनामा राष्ट्रिय अनुकूलन योजना तर्जुमाका लागि क्षमता विकास सम्वन्धी दुई दिने गोष्ठी हेटौंडामा सुरु भएको छ । गोष्ठीको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ को उद्योग, पर्यटन्, वन तथा वातावरण समितिका सभापति रमा आलेले नीति र योजना बनाउँदा तल्लो स्तरबाटनै चेतना अभिबृद्धी हुनेगरी बनाउनुपर्ने बताउनुभयो । नीति राम्रो बन्ने तर, कार्यान्वयन फितलो रहेको उहाँले बताउनुभयो ।

योजना बनाउँदा सबैतर्फबाट छलफलबाट आएको निचोडलाई ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश नीति तथा योजान आयोगका सदस्य श्याम कुमार बस्नेतले अवको तीन वर्षमा आफुहरु काम गरेर देखाउने पक्षमा रहेको बताउनुभयो । कृषि र वनक्षेत्रमा वढी ध्यान दिएर काम गर्नुपर्ने उहाँको भनाई छ । अहिले आन्तरिक आमदानी बढीजसो खोलाबाट लिने चलन भएकाले अव कृषि र वनबाट बढी आमदानी हुनेगरी काम गरिनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्यर ढकालले कृषि र खाद्यान्नको क्षेत्रमा बढी प्राथमिकता दिएर काम गर्न गरिनुपर्ने बताउनुभयो । गाउँमा छरिएर रहेको वस्तीनै चुनौतीको बिषय बनेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ को उद्योग, वर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब शिब कुमार वाग्ले, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती मन्त्रालयका उपसचिव रघुराम पराजुली लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*