सुपारेटार व्यारेक ईलाकामा २ हजार विरुवा रोपीयो

जनपत्र
७ श्रावण २०७६, मंगलवार ११:००

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सूपारेटार व्यारेक इलाकाको सामरी खेल मैदान तथा वासुदेव मार्ग आसपासमा बृक्षारोपण गरिएको छ । नेपाली सेनाले एक जवान एक विरुवा अभियान अन्तरगत व्यारेक इलाकामा बृक्षा रोपण गरिएको हो ।

पुरानो गोरख गणको आयोजना तथा जिल्ला वन कार्यालय मकवानपुरको सहयोगमा आज २ हजार वटा बिभीन्न जातका विरुवा रोपिएको हो । व्यारेक इलाकामा रुखको विरुवा रोप्दै मध्यपृतना हेड्क्वाटरका पृतनापति तथा उपरथी शुवर्ण बहादुर शाहले उद्घाटन् गर्नुभयो ।

कार्यक्रममा उहाँले नेपाल सरकारको एक नागरिक एक विरुवा अभियानलाई निरन्तर्ता दिनका लागि सेनाले पनि विरुवा रोपेको बताउनुभयो । बृक्षा रोपण गर्नु मात्र ठुलो कुरा नभइकन जोगाउनुपर्ने महत्वपूर्ण काम रहेको उहाँको भनाई छ । रोपिएका सबै विरुवा जोगाउने प्रयत्नमा सेना लागेको बताउनुभयो ।

आज यस क्षेत्रमा नदि तटिय क्षेत्रमा हुर्कने प्रकृतिका बोट विरुवाहरु खयर, सिसौ, बकाइनो, अमला, तेजपत्ता, बाँस लगायतका जातका दुई हजार वटा बिरुवाहरु रोपीएको पुरानो गोरख गढका प्रमुख सेनानी अनिलकुमार बुडाथोकीले जानकारी दिनुभयो । यस अघि पनि विश्व वातावरण दिवसका अवसरमा मकवानपुर जिल्ला भित्र रहेका व्यारेकहरुमा गरी २ हजार बिरुवा रोपिएको र आज रोपिएका बिरुवा थप गरिएको बताउनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्, राष्ट्रिय अनुसञ्धानका प्रदेश ३ निर्देशक कुलदेव थापा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, ससस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका अधिकृतहरु, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख, भूतपूर्व सैनिक श्रीमती संघ, भूपू संनिक संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*