हेटौंडामा रातभर राजमार्ग अवरुद्ध, बिहानबाट एकतर्फी सञ्चालन

जनपत्र
७ श्रावण २०७६, मंगलवार ०९:३६

हेटौंडा । ओभरलोड सामान बोकेर आएको भारतिय गाडी हेटौंडा १५ चुरीयामाईमा बिग्रदा पूर्व पश्चिम राजमार्ग गएराती रातभर बन्द भएको छ । १८ चक्के भारतिय गाडी राजमार्गमा बिग्रदा सडक जाम भएको हो । रातभर राजमार्गमा रोकिएका एक हजार भन्दा बडी सवारीका साधनहरु आज बिहान मात्र एकतर्फी रुपमा राजमार्ग खुलाइएपछी गन्तव्य तर्फ लागेका छन् ।

बाराबाट हेटौंडा बजार तर्फ आउँदै गरेको भारतिय लहरी एनएलओआइडी ८०३१ नम्बरको मालवाहक गाडी ओभरलोडका कारण चुरीयामाइमा उकालो लाग्न नसकेपछी राजमार्गनै बन्द भएको हो । बिधुतीय सामाग्री बोकेर आएको गाडी ओभरलोडका कारण हेटौंडा तर्फ आउनुको सट्टामा पछाडी हटेपछी टायर खुस्कीएर सडक अवरुद्ध गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले बताउनुभयो । राती साढे ११ बजेबाट बन्द भएको सडक बिहान ७ बजे मात्र एकतर्फी रुपमा सञ्चालनमा ल्याउन सकिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

तत्काल हटाउनका लागि डिभिजन सडक कार्यालय हेटौंडाले चासो नदिनु, गाडी हटाउनका लागि प्रबिधि युक्त सामाग्री नभएका कारण हजारौ यात्रुहरु रातभर चुरीयामाईको जंगलमा बस्नुपर्ने बाध्यता आएको थियो । सामान बोकेको १८ चक्के भारतीय नम्बर प्लेटको गाडी राजमार्गमैं बिग्रेपछि सयौँ सवारी बाटोमै रोकिएको थियो । अहिले सडक छेउबाट डाइभर्सन निर्माण गरेर एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*