‘पद अस्वीकार गरेको पत्र पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराउँछु’
हेटौंडा । प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले नेकपा सिन्धुपाल्चोक जिल्ला सहइन्चार्ज पद अस्वीकार गरेको पत्र दुईदिन भित्रमा नेकपाको केन्द्रीय पार्टी कार्यालयमा दर्ता गराउने हुनुभएको छ । बषौदेखि माथील्ला पदमा बसेर काम गरेको र अहिले आफुलाई नसोधीकन जिल्ला पार्टीको सहइञ्चार्ज बनाइएको भन्दे उहाँले पद अस्वीकार गरेको पत्र पार्टीमा दर्ता गराउने जानकारी दिनुभयो ।
अरु जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकिएकाहरुलाई सोधेर मात्र पद दिएको बताउँदै उहाँले भन्नुयो–सबै साथीहरुलाई इन्चार्ज र सहइन्चार्ज पदमा बस्नेकी नबस्ने भनेर सोधिएको रैछ । तर, मलाई सोध्दै नसोधीकन सह भइन्चार्ज बनाइएछ । त्यसैले पद अस्वीकार गरेको हुँ ।’ आफु सहइन्चार्ज पदमा नवस्ने भनेर पार्टीका महाँसचिव बिष्णु पौडेललाई जानकारी गराइसकेको मन्त्री नेपालले बताउनुभयो ।
पार्टीले नीतिको पालना नगरी जिल्ला इन्चार्ज, सहइन्चार्ज तोकेको आरोप लगाउँदै विगतमा जिल्लाको इन्चार्ज नै नरहेको व्यक्तिलाई सहइन्चार्ज बनाइएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । नेता नेपालले सिन्धुपाल्चाकको सहइन्चार्ज तोक्दा पार्टीले एकता पूर्व गरिएको दुवै पार्टीका इन्चार्जबाट नै जिल्ला इन्चार्ज बनाउने सहमति तोडेको आरोप लगाउँदै नेता नेपालले आफ्नो असहमति रहेको उल्लेख गर्नुभयो ।
एकता पूर्व दुवै पार्टीका इन्चार्जबाट नै नेकपाको जिल्ला इन्चार्ज बनाउने नीतिगत सहमति बनेको विषय सार्वजनिक भइसकेको छ । तर, सिन्धुपाल्चोकको सहइन्चार्ज तोक्दा यो नीतिलाई मानेको देखिएन, नेपालले सामाजिक सञ्जालमा भन्नुभएको छ । उहाँले भन्नुभयो–‘म नेकपा एमालेको नवौँ महाधिवेशन भन्दा पहिले पोलिटब्युरोको वैकल्पिक सदस्य, वागमती अञ्चल कमिटीको सहइन्चार्ज र सिन्धुपाल्चोक जिल्लाको इन्चार्ज थिएँ ।’
आफुले पार्टीको नवौँ महाधिवेशनपछि पोलिटब्युरो सदस्य र बाग्मती अञ्चल कमिटी इन्चार्ज भएर काम गरेको स्मरण गराउँदै जिल्ला सहइन्चार्ज तोकेर आफ्नो अवमूल्यन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–संघीय संचना बनेपछि म तीन नम्बर प्रदेश कमिटिको सचिवालयको सदस्यमा रहे । पाच वर्षदेखि जिल्लाको इन्चार्ज नै नरहेको ब्यक्तिलाई कसरी सहइन्चार्ज बनाउने निर्णय भएको हो मैले बुझ्न सकेको छैन’, ’भुलवश यस्तो भएको पनि हुनसक्छ । म सधैँ नीति र विधिमा चल्नु पर्छ भन्ने मान्छे ह । यदि भुलवश वा समयमा सही सूचना प्राप्त नभएर यसो भएको हो भने निश्चयनै सच्याइने छ ।’
नेता नेपालले जिल्ला सह–इन्चार्जबाट आफ्नो नाम पार्टीले हटाउने पनि अपेक्षा गर्नुभएको छ । उहाँले भन्नुभयो–मेरो नाम हटाइने विश्वास लिएको छु । तर, निर्णय नै यस्तो भएको हो भने म बिनम्रतासाथ यो जिम्मेवारी अस्वीकार गर्दछु’,
नेकपाले सिन्धुपाल्चोकमा तीनजना सह–इन्चार्ज तोकेको थियो । अरूण नेपालले सह–इन्चार्ज अस्वीकार गरेसँगै सिन्धुपाल्चकको नेकपा नेतृत्वमा एकै परिवारका तीन नेता रहने भएका छन् । जिल्ला इन्चार्जमा नेकपा नेता अग्नि सापकोटाका भाइ भाइ कृष्ण सापकोटा छन् । उता सह–इन्चार्जमा अग्निकै भतिजा माधव सापकोटा तोकिएका छन् । अर्का सह–इन्चार्ज युवराज दुलाल अग्नि सापकोटाकै भाञ्जा हुन् ।
पार्टीको निणय प्रतिको असन्तुष्टी हिजोनै मन्त्री नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत यसरी राखिसक्नुभएको छ ।