कस्तो चल्यो ‘घर’ ?

नेपालमा ‘अनसक्सेस’ जनरा मानिन्छ, हरर । हलिउड र बलिउडका हरर फिल्मले नेपालमा राम्रो पैसा छाप्ने गरेता पनि नेपाली हरर फिल्मले भने पोस्टरको समेत पैसा उठाउन सकेका छैनन् । यद्यपि, वर्षमा एक/दुईवटा फिल्म भने बन्ने गरेका छन् । गत वर्ष हरर फिल्म ‘सुनकेसरी’ प्रदर्शन भएको थियो । यस वर्षका लागि फिल्म ‘घर’ रिलिज भएको छ । दुबै फिल्मका निर्देशक अर्पण थापा हुन् ।
‘सुनकेसरी’ मा दर्शक तर्साउनुको सट्टा पेट मिचिमिचि हँसाएका अर्पणले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घर’ मार्फत् भने केही हदसम्म दर्शकको मनमा डर पैदा गराउन सफल देखिएका छन् । तर, दर्शकको अपेक्षामाथि फिल्म खरो रुपमा उत्रन भने चुकेको छ । कर्कश आवाजको आँडमा दर्शक तर्साउने उद्येश्यबाट प्रेरित देखिन्छन्, अर्पण । फिल्मको प्रस्तुती र पटकथा कमजोर छ ।