बिद्यार्थीद्वारा प्राध्यापकमाथी आक्रमण प्रयास, संघको बिरोध

जनपत्र
५ श्रावण २०७६, आईतवार २०:५४

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसका केही बिद्यार्थीहरुले प्राध्यापकहरुलाईनै आक्रमणको प्रयास गरेका छन् । केही बिद्यार्थीले प्राध्यापकमाथी आक्रमणको प्रयास गर्दै क्याम्पस हाता भित्र रहेको स्वबियु कार्यालयमा तोडफोड समेत गरेका छन् ।
त्यसको बिरोधमा पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले बिरोध गरेको छ । त्यस्ता बिद्यार्थीलाई तत्काल क्याम्पसबाट निस्कासन नगरेसम्म पठनपाठन गर्न समेत नसकिने प्राध्यापकहरुले बताएका छन् । संघका अध्यक्ष भोजराज ढकालले आज बिज्ञप्ती जारी गर्दै प्राध्यापकहरु प्रति यस्तो अभद्र व्यावहार तत्काल बन्द गर्नका लागि पनि माग गरिएको छ । जस्ताको तस्तै बिज्ञप्ती ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*