नगर उपप्रमुख लामाद्वारा रगत दान

जनपत्र
५ श्रावण २०७६, आईतवार १९:१७

हेटौंडा । हेटौंडामा रगतको अभाव भएपछी हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख मिना कुमारी लामाले आज रगत दान गर्नुभएको छ । रगतको अभाव भईरहेको समाचार बाहिर आएपछी उपप्रमुख लामाले रक्तसञ्चार केन्द्रमा गएर रक्तदान गर्नुभएको हो । अभाव भईरहेको समयमा केही भनेपनि राहतको महसुस होस भन्ने उदेस्यले रक्तदान गरेको उहाँले बताउनुभयो ।

हेटौंडास्थित रक्तसञ्चार केन्द्रका अनुसार हाल दैनिक करिब २० युनिट रगतको माग भइरहेकोमा आवश्यक रगतको उपलब्धता नहुँदा समस्या भइरहेको छ ।‘अहिले हामीले मागअनुसारको रगत बिरामीलाई उपलब्ध गराउन सकेका छैनौं । हामीले हाम्रो सम्पर्कमा रहेका नियमित अर्थात् इमर्जेन्सी रक्तदाताबाट आवश्यक रगत संकलन गरिरहेका छौं,’ केन्द्र हेटौंडाका इन्चार्ज टंक दाहालले भने । उनका अनुसार हाल दैनिक दस युनिट रगत संकलनसमेत हुन सकेको छैन ।

असार र साउन महिना विपदको समय भएकाले रगतको माग अझै बढी हुने गरेको छ । ‘इमर्जेन्सी रक्तदातालाई हामीले फोन गरेर आवश्यकताअनुसार बोलाउने गरेका छौं,’ उनले भने । उनका अनुसार हेटौंडामा इमर्जेन्सी रक्तदाताका ८० जना रहेका छन् । हेटौंडामा दैनिक सात युनिट र चितवनमा उपचार गर्ने मकवानपुर जिल्लाका बिरामीलाई करिब १५ युनिट रगतको माग हुने गरेको उनले जानकारी दिए । ‘मकवानपुरबाट चितवन उपचारका लागि गएका बिरामीलाई समेत हामीले रगत उपलब्ध गराउँदै आएका छौं । तर, हाल रगतको अभाव भएपछि हामीले उपलब्ध गराउन सकेका छैनौं,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*