नेकपा मकवानपुरको इञ्चार्जमा खतिवडा, सहइञ्चार्जमा राना र मोक्तान (नामावली सहित)
![](https://www.janapatra.com/wp-content/uploads/2019/07/67169891_355588298465869_7010283484962881536_n.jpg)
हेटौंडा – नेपाल कम्युनिष्ट पार्टीको जिल्ला स्तरका इन्चार्ज, सहइन्चार्जको नामावली टुङगो लगाइएको छ । नेकपा मकवानपुरको इन्चार्जमा भने बिरोध खतिवडा चयन हुनुभएको छ । नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुरको नेता खतिवडा इन्चार्जमा चयन हुनुभएको हो ।
यस अघि माओबादीको भागमा मकवानपुरको पार्टी इन्चार्ज पर्ने भनिएपनि पछील्लो अवस्थामा भने खतिवडा इन्चार्ज चयन हुनुभएको हो । यसैगरी नेकपा मकवानपुरको सहइन्चार्जमा तत्कालिन नेकपा एमाले मकवापनुरका अध्यक्ष समेत रहनुभएका रामेस्वर राना र तत्कालिन माओबादकिा जिल्ला इन्चार्ज कुमारी मोक्तान सहइन्चार्ज हुनुभएको छ । नेकपाको सचिवालय बैठकले यो निणय गरेको हो ।
सचिवालय बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ ।बैठकले विभिन्न संगठन, तथा विभागहरुको गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका विषयमा निर्णय लिने भनिएको थियो । तर नेताहरुबीच कुरा मिल्न नसक्दा बैठक मंगलबारसम्मका लागि सरेको स्रोतको दावी छ ।संगठन विभाग, विदेश, स्कुल, पार्टी नीति तथा प्रतिष्ठान, आर्थिक, प्रचार विभागलगायतमा नेताहरुबीच लगभग सहमति भए पनि पार्टीको स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषय पेचिलो बन्दा आजको बैठक सरेको बुझिएको छ ।
स्कुल विभाग पूर्व एमाले वा पूर्व माओवादी कसले लिने भन्नेमा विवाद कायमै छ । स्कुल विभागमा पूर्व एमालेका ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को दावेदारी छ ।यसैबीच आइतबार बसेको सचिवालय बैठकबाट बाहिरिने क्रममा नेकपा नेता बामदेव गौतमले भने आफूले संगठन विभागको नेतृत्व पाउने निश्चित भएको दावी गर्नुभयो । बैठक अपेक्षित सकारात्मक भएको र आफूले नै संगठनको विभाग पाउने पक्का भएको उहाँले दावी गर्नुभयो ।तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने अहिले विभागको नेतृत्वका बारेमा कुनै टुंगो नलागेको बताउनुभयो ।
बैठकले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको भने टुंगो लगाएको छ । यसका साथै जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको समेत टुंगो लगाएको छ ।मंगलबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकले भने सबै विभाग र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।