‘सरौतो’ टीजर रिलिज, सुमीको जबरजस्त एक्सन (भिडियो)

जनपत्र
४ श्रावण २०७६, शनिबार १६:१५

महिला केन्द्रित फिल्म बताइएको ‘सरौतो’ को टीजर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘कुले दाई’ बोलको गीतले फिल्मको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खलिरहेको अवस्थामा निर्माण टिमले शुक्रबार साँझ एक्सनयूक्त टीजर सार्वजनिक गरेको हो । टीजरमा अभिनेत्री सुमी मोक्तानलाई जबरजस्त एक्सन अवसरमा देख्न सकिन्छ । अभिनेता सन्नी सिंहसँग उनको लभ र रोमान्सलाई पनि विशेष स्थान दिइएको छ ।
टीजरले फिल्मप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ । बदलाको कथा भनिएको यो फिल्ममा लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ । फिल्मका निर्देशक हरी हुमागाईं हुन् । कुशल छायाँकारको रुपमा आफूलाई स्थापित गरेका उनको यो डेब्यू निर्देशित फिल्म हो ।

https://youtu.be/RlSkHgKf9C8

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*