हेटौंडा–३ को वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी मिलनटोल टोल विकास संस्थालाईं

जनपत्र
१० पुष २०७९, आईतवार ०८:११

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ को वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी मिलनटोल टोल विकास संस्थाले हात पारेको छ । यही पौष ४ गते देखि ३ नम्बर वडा कार्यालयको आयोजनामा संचालित वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी मिलन टोल विकास संस्थाले हात पारेको हो ।

प्रतियोगिताको अन्तिम फाइनलमा दक्षिणकाली टोल विकास संस्था र मिलनटोल टोल विकास संस्था बीच भएको थियो । फाइनल खेलमा मिलनटोल टोल विकास संस्था बिजयी भई पुरस्कार हात पार्न सफल भएको थियो ।

बिजयी मिलनटोल टोल विकास संस्थालाई ३० हजार नगद सहित, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको छ । उपविजेता दक्षिणकाली टोल विकास संस्थालाई नगद १५ हजार नगद सहित टिम कोच, टिम मेनेजर र खेलाडीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । बिजेता र उपविजेतालाई वडा अध्यक्ष ढलक बहादुर थापा, वडा सदस्य रत्न बहादुर ब्लोन र वडा सदस्य हर्क बहादुर पाख्रिनले प्रदान गर्नु भएको थियो ।

प्रतियोगिता सम्पन्न पश्चात आयोजित समापन कार्यक्रम ३ नं वडाका वडा अध्यक्ष ढलक बहादुर थापाको अध्यक्षता सम्पन्न भएको थियो । समापन कार्यक्रममा वडा सदस्यहरु, रेफ्री तथा प्रशिक्षक, वडा खेलकुद विकास समितिका अध्यक्ष भगवान बर्तौला एवं प्रतिनिधिहरु, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष रोशन गोले, लेवट प्रहरी पोष्टका प्रहरीहरु, ३ नं वडा कार्यालयका कर्मचारीहरु, वडामा रहेका १५ वटा टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, खेलाडी छनौट समितिका पदाधिकारीहरु, स्वयम् सेवकहरु, लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपविजेता दक्षिणकाली टोल विकास संस्थाका अध्यक्ष राम बहादुर थापा मगर, मिलनटोल टोल विकास संस्थाका अध्यक्ष धन बहादुर घलान, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष रोशन गोले, वडा खेलकुद विकास समितिका अध्यक्ष भगवान बर्तौलाले मन्तब्य राख्ने क्रममा भौतिक पूर्वाधारमा मात्र बजेट ब्यबस्थापन नगरी खेलकुद क्षेत्रको विकासमा समेत थप बजेटको ब्यबस्था गर्दै यस्ता प्रकारका प्रतियोगिताले खेलाडीको क्षमता र व्यक्तित्व विकासका साथै खेलाडीको मनोबल उच्च राख्न सहयोग गर्ने हुँदा यस्ता कार्यक्रमको निरन्तरताको धारणा राख्नु भएको थियो ।

त्यसै गरि मन्तब्य राख्ने क्रममा वडा सदस्य श्री रत्न बहादुर ब्लोनले नया जनप्रतिनिधि आएपछीको पहिलो कार्यक्रम भएको हुँदा यसमा भएका कमि कमजोरीलाई सिकाईका रुपमा लिई आगामी दिनमा सुधार गर्दै जाने र खेलकुद क्षेत्रको विकासका लागि वडा कार्यालयले आगामी दिनमा पनि बजेट ब्यबस्थापन गर्दै जाने धारणा सहित प्रतियोगितालाई सफल पार्न सहयोग गर्नु हुने सम्पूर्णमा धन्यबाद प्रकट गर्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*